
नेपालको चर्चित नृत्य रियालिटी शो “नृत्य संग्राम सिजन–२” मा प्रतिभाशाली बाल नृत्यांगना सिमरन बिकले उत्कृष्ट प्रस्तुति मार्फत दर्शक तथा निर्णायकहरूको मन जित्दै सेमिफाइनल यात्रा अझ सशक्त बनाएकी छन्।
जुनियर ग्रुप ‘ए’ अन्तर्गत प्रतिस्पर्धा गरिरहेकी सिमरनले नेपाली मौलिक पहिरन, संस्कृति र कलालाई नृत्यमार्फत जीवन्त रूपमा प्रस्तुत गर्दै आफ्नो अलग पहिचान बनाउन सफल भएकी छन्।
उनको आत्मविश्वास, अनुशासन र कलाप्रतिको समर्पणले उनलाई प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेको छ।सानै उमेरदेखि नृत्यप्रति विशेष रुचि राख्दै आएकी सिमरनले विभिन्न मञ्चहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकी छन्।
नृत्य संग्राम जस्तो राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्नु आफैंमा ठूलो उपलब्धि भए पनि अब उनको लक्ष्य उत्कृष्ट स्थान हासिल गर्नु रहेको छ।हाल प्रतियोगितामा दर्शकको भोट अत्यन्त महत्वपूर्ण भएकाले सिमरनले सबै शुभेच्छुक, आफन्त, साथीभाइ तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई आफ्नो पक्षमा भोट गर्न आग्रह गरेकी छन्।
नेपाल तथा विदेशबाट समेत Aventoz App वा वेबसाइटमार्फत सिमरन बिकलाई भोट गर्न सकिने व्यवस्था रहेको आयोजकले जनाएको छ।कला, मेहनत र सपनाको यात्रामा अघि बढिरहेकी सिमरनलाई सफलताको शुभकामना दिँदै उनको प्रतिभालाई सम्मानस्वरूप सबैले साथ र समर्थन जनाउनुपर्ने देखिन्छ।
प्रतिभाशाली बाल कलाकारहरूको प्रोत्साहनले नेपाली कला क्षेत्रलाई अझ समृद्ध र उज्ज्वल बनाउने विश्वास गरिएको छ।










