पर्यटन

७ करोड लगानी गरेर हाेटल मार्कपाेलाे संचालन

काठमाडौं जेठ १० आर्थिक मन्दिकाे कारण लगानी कर्ताहरू निरूसाहित भइरहेको समयमा युवाहरूको एक समुहले संघीय राजधानी काठमाडौंमा ७ करोड लगानी गरेर हाेटल मार्कपाेलाे नयाँ ब्यवस्थापनका साथ शुरू गरेकाे छ । काठमाडौं कमलपाेखरी चाेकमा बिगत ३ दशक देखि संचालित स्वदेशी तथा बिदेशी पर्यटककाे राेजाइमा परेकोपर्यटन ब्यवसायी साजन शाक्य ग्रुपले संचालन गरिरहेकाे हाेटल मार्कपाेलाेलाइ इन्द्रेणी मल्टि प्रपाेज इन्भेस्टमेन्ट प्रालिले आजदेखि नयाँ ब्यवस्थापनका साथ संचालनमा ल्याएको हाे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रम बिच हाेटलकाे उद्घाटन गर्दैनेपालमा… पुरा पढौ

गायक नरेश खातीको ‘राजा’ गीतमा अभिनेता पल शाह र गरिमा शर्माको अभिनय

चर्चित गायक, गीतकार तथा संगीतकार नरेश खातीको नयाँ लोकदोहोरी गीत ‘राजा’ सार्वजनिक गरिएको छ। पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाएका खातीले यस गीतमार्फत नयाँ आयाम थप्ने प्रयास गरेका छन्। आफ्नै शब्द र संगीतमा तयार भएको गीतमा गायक खातीलाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छन्। व्यक्तिमा देखिने शान, मान र घमण्डलाई नियन्त्रणमा नराख्दा त्यसको असर अरूको व्यवहारमा पनि कसरी देखिन्छ भन्ने विषयवस्तु गीतमा प्रस्तुत गरिएको छ। गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको प्रमुख अभिनय… पुरा पढौ

‘के घर के डेरा : घर नं २’ दोस्रो सातामा, दर्शकले भने– घर–घरको कथा

काठमाडौँ । नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। सकारात्मक समीक्षासँगै चलचित्रले वर्ड अफ माउथ (मौखिक प्रचार) बाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ। निर्माण टिमका अनुसार दर्शकहरूले चलचित्रलाई आफ्नै घर–परिवारको कथा जस्तो अनुभूति गरिरहेका छन्। आम नेपालीको भोगाइसँग मेल खाने विषयवस्तु समेटिएकाले दर्शकहरूले सिनेमालाई मन पराएको प्रतिक्रिया दिएका छन्। निर्देशक दीपेन्द्र के. खनाल भन्छन्, “जति पनि दर्शकले सिनेमा हेर्नुभएको छ, सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। वर्ड अफ माउथ राम्रो… पुरा पढौ

महाराजधिराज’मा पुष्प खड्काको प्रवेश, कलाकारहरूको समावेशी संयोजन

काठमाडौं । नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। केही समयदेखि ठूलो पर्दाबाट टाढिएका खड्का यो चलचित्रमार्फत पुनः दर्शकमाझ फर्किन लागेका हुन्। स्टारकास्ट थप्ने कार्यलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले उनलाई आइतबार औपचारिक रूपमा अनुबन्ध गरेको हो। हालसम्म सार्वजनिक भएका कलाकारहरूको सूचीले चलचित्र फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत गरेको छ। यसमा पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण देखिनेछ। चलचित्रमा आफूले निभाउने भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै खड्का निकै उत्साहित देखिएका छन्। उनले यो सिनेमाले आफ्नो… पुरा पढौ

‘के घर के डेरा : घर नं २’को ट्रेलर युट्युब ट्रेन्डिङमा

काठमाडौं । नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर युट्युबको मुभी सेक्सनमा ५औं स्थानमा ट्रेन्डिङमा आएको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रसँगै यसको ट्रेलर पनि दर्शकको चासोको केन्द्र बनेको हो। सकारात्मक वर्ड अफ माउथसँगै चलचित्रले प्रदर्शनरत हलहरूमा राम्रो उपस्थिति देखाएको छ। चलचित्रले अफ टाइमका शोहरूमा समेत सन्तोषजनक दर्शक उपस्थिति पाइरहेको वितरक करण श्रेष्ठले जानकारी दिए। “दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको छ,” उनले भने, “हाम्रो चलचित्रको जनरा र विषयवस्तु अनुसार दर्शकबाट राम्रो साथ पाइरहेका छौं।” निर्माण पक्षका… पुरा पढौ

कोटिहोममा पाँच लाखभन्दा बढी भक्तजनको सहभागिता, श्रद्धा र आस्थाको संगम

पोखरा, जेठ ७ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा मंगलबारसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको आयोजकको दाबी छ। महायज्ञ प्रचार–प्रसार संयोजक लेखराज ढकालका अनुसार दिनप्रतिदिन भक्तजनको उपस्थितिले कोटिहोम परिसर उत्साहजनक बनेको छ। उनले भने, "भक्तजनको निरन्तर भीडका आधारमा अहिलेसम्म पाँच लाखभन्दा धेरैले दर्शन गरिसकेको आँकलन गरिएको हो।" महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन आउने अनुमान गरिएको छ। सोही दिनदेखि अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा पुनः… पुरा पढौ

‘द ब्ल्यू लाइट’ चलचित्र निर्माणको घोषणा, थिम पोस्टरसहित निर्देशक बलिराम चौहानको डेब्यु

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को औपचारिक निर्माण घोषणा गरिएको छ। मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो। चलचित्रको निर्देशन बलिराम चौहानले गर्नेछन्। चौहान यसअघि बहुप्रतीक्षित चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा कार्यरत थिए। ‘द ब्ल्यू लाइट’ चौहानको निर्देशनमा डेब्यु हुने चलचित्र हो। स्काइफल पिक्चर्स को प्रस्तुति रहने चलचित्रमा रमन ग्रे सह–निर्माताको रूपमा रहनेछन् भने नरेन्द्र मैनाली ले छायांकन गर्नेछन्। निर्देशक चौहानका अनुसार चलचित्र सन् २०२५ भित्रमै प्रदर्शनमा आउने योजना रहेको… पुरा पढौ

जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शनमा, विजय बराल र केकी अधिकारी मुख्य भूमिकामा

काठमाडौं – चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार चलचित्रको कथासँग जोडिएको सांकेतिक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्र एक युवाले आमाको खोसिएको खुसी फिर्ता ल्याउन घर छाडेर सहर पस्ने यात्राको कथामा आधारित छ। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायत कलाकारहरूको अभिनय रहेको चलचित्रमा आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेको… पुरा पढौ

निशा केसीको ‘औँलैमा जुनेली बुट्टा’ युट्युब ट्रेन्डिङमा

लोक तथा दोहोरी गायिका निशा केसीको नयाँ गीत ‘औँलैमा जुनेली बुट्टा’ युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ। विशेषतः गण्डकी क्षेत्रको मगर समुदायमा प्रचलित रत्यौली भाकामा आधारित यस गीतमा क्षेत्रीय लबजलाई समेटेर मौलिकता प्रस्तुत गरिएको छ। परम्परागत रत्यौली गीतहरूमा नारीहरूको मात्र सहभागिता हुने हुँदा कहिलेकाहीँ अश्लीलता देखिने गरे पनि हालका दिनमा त्यस्ता गीत र नृत्यमा सुधार आएको छ। आजभोलि रत्यौली उत्सवमा नारी–पुरुष दुवैको सक्रिय सहभागिता देखिन थालेको छ। गायिका निशा केसीले गीतको परिकल्पना गर्दै मगर समुदायको सांगीतिक शैलीलाई आधुनिक दोहोरीको रूप… पुरा पढौ

नायिका वर्षा राउत ‘महाराजधिराज’मा अनुबन्धकाठमाडौं ।

नायिका वर्षा राउत नयाँ नेपाली चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएकी छन्। कलाकारहरूको लाइनअप विस्तार गर्दै निर्माण टिमले राउतलाई फिल्ममा भित्र्याएको हो। यसअघि नै अभिनेत्री वर्षा शिवाकोटी, अभिनेता आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र जयकिशन बस्नेत ‘महाराजधिराज’ मा अनुबन्ध भइसकेका छन्। अब वर्षा राउतको पनि सहभागीता भएपछि चलचित्रमा स्टारकास्टको बाक्लो उपस्थिति देखिएको छ। चलचित्रको निर्देशन परिच्छेद सेनले गर्नेछन्। उनी स्वयंले यस चलचित्रको कथा लेखेका छन्। सेन निर्देशित पछिल्लो चलचित्र ‘प्रेमगञ्ज’ ले समीक्षक र दर्शकको प्रशंसा बटुल्न सफल भएको थियो। ‘महाराजधिराज’… पुरा पढौ