चलचित्र ‘महाराजधिराज’को भव्य शुभमुहूर्त सम्पन्न, २५ गतेदेखि छायांकन सुरु

-


     हिडन खबर    
     वैशाख २३ गते २०८३ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘महाराजधिराज’को भव्य शुभमुहूर्त मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्खधुन र पञ्चेबाजासहित सम्पन्न गरिएको छ।

बिहान ८ बजे सुरु भएको शुभमुहूर्तको पूजा ११ः११ बजेसम्म चलेको थियो। पूजामा प्रमुख कलाकार पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायत सहभागी भएका थिए।

शुभमुहूर्तमा निर्देशक परिच्छेद सेनसहित अन्य कलाकारहरूको पनि उपस्थिति थियो। सेनले यसलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताएका छन्।

चलचित्रको छायांकन यही २५ गते सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। सुनसरीमा एक हप्तासम्म छायांकन गरिनेछ भने बाँकी ७० दिन काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक तथा सुन्दर स्थानहरूमा हुनेछ। छायांकन नवराज थापाले गर्नेछन्।

लामो समय स्क्रिप्टमा मेहनत गरिएको यो चलचित्र सामाजिक पिरियड ड्रामा हुने निर्देशक सेनले बताएका छन्।

कलाकारहरूको बलियो लाइनअपमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी., सुशील सिटौला लगायत छन्। साथै, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा लगायतको पनि अभिनय रहनेछ।

८० जना कलाकार सहभागी हुने यो चलचित्रमा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढा लगायतको पनि अभिनय रहनेछ।

प्रस्तुतकर्ता विराज विष्टले कलाकारहरूको बलियो टोलीअनुसार नै चलचित्र उत्कृष्ट बन्ने विश्वास व्यक्त गरेका छन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंले लेखन गरेका छन्। निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।

‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शन गर्ने तयारी निर्माण टिमले जनाएको छ।