काठमाडौं ।साउन १३चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन सम्पन्न भएको छ। जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरेर सुरु गरिएको छायांकन ३६ औं दिनमा सम्पन्न भएको हो। निर्माता अञ्जान केसीका अनुसार, पोखरा र आसपासका क्षेत्रमा चलचित्रका दृश्य तथा गीतको छायांकन सम्पन्न गरिएको छ। पोखराको पामेमा छायांकन गरिएको ‘उकुस मुकुस’ गीतसँगै हामीले कुनै बाधा-अड्चन विना दिनरात खटिँदै सम्पूर्ण छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले बताए, “अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ।” अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको चलचित्रको निर्देशन…
पुरा पढौ