बैँक / वित्त

बागलुङ नगरपालिकाका जनप्रतिनिधिलाई बैंकर्सकाे स्वागत

बागलुङ ।बैंकर्स बागलुङले बागलुङ नगरपालीकाका नव निर्वाचित नगर प्रमुख तथा नगर उप प्रमुख जनप्रतिनिधीहरूलाई सम्मान गरेको छ। बागलुङ स्थीत सम्पुर्ण बैंक तथा वित्तीय संस्थाको छाता संगठन बैंकर्स बागलुङले एक कार्यक्रम बीच नव निर्बाचित जन प्रतिनिधिहरूलाई सम्मान गरेको हो। कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आफ्नो कार्यकालमा समृद्ध नगरपालिका निर्माण गर्नको लागि बागलुङ स्थीत सम्पुर्ण वित्तीय संस्था हरुसंग सहकार्य र समन्वय गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैंक आफैंमा पुर्ण वित्तिय पारदर्शी सँस्था भएकोले यस्ता सँस्था हरुबाट धेरै… पुरा पढौ

निलगिरि बचत तथा ऋण सहकारी सस्था बागलुङको १५ औ स्थापना दिवस मनायो

निलगिरि बचत तथा ऋण सहकारी सस्था बागलुङले १५ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा सस्थाका शेयर सदस्य भै स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा धौलागिरी अस्पतालमा फलफूल वितरण गरि स्थापना दिवस मनाएको हो । सो अवसरमा धौलागिरि अस्पतालमा रहेको ५५ जनालाई विरामीहरुलाई स्वास्थ्यलाभको कामना सहित फलफूल वितरण गरिएको थियो । संस्थाका सल्लाहाकार किरण पौडेल, अधिवक्ता भूमिश्वर गौतम, बागलुङ नगरपालिका वडा नम्वर ११ का वार्ड अध्यक्ष ज्ञानेन्द्र गौतम, १३ का वार्ड अध्यक्ष नारायण पौडेल,… पुरा पढौ

नेपाल बैंक लिमिटेडकाे सुबिधासम्पन्न भवनकाे उद्घाटन
नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ स्वागत

नयाँ भवनबाट ग्राहकलाई अत्याधुनिक सेवा शुरू बागलुङ ।नेपाल कै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बागलुङ शाखाकाे नवनिर्मित भवनको उद्घाटन तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ सम्मान तथा बधाई ज्ञापन गरियो ।२०१७ साल माघ ४ गतेदेखि नागरिक लाई बित्तिय सेवा दिदै आएको शाखाकाे आफनै सुविधा सम्पन्न भवन सम्पन्न भएपछिबागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्दै पुरानो भवनबाट झण्डै ६ दशक सेवा दिएको बैकले आफ्नै सुविधासम्पन्न भवनबाट काराेवार शुरू गरेको बताउनुभयाे ।… पुरा पढौ

जैमिनिमा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

बागलुङको कुश्मिसेरामा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजना र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शुक्रबारबाट सुरु भएको २ दिने तालिम शनिबार सम्पन्न भएको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जैमिनी नगरपालिकामा सञ्चालित सहकारीका सञ्चालक र व्यवस्थापकहरुलाई दुई दिने तालिम दिएको हो । सहकारीका शेयर सदस्यहरुलाई कसरी प्रभावकारी सेवा दिने लगाएतका विषयमा तालिम केन्द्रित भएको । तालिममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सहकारी संस्थाहरुले जैमिनीमा गरिवी निवारण गर्न योगदान… पुरा पढौ

सेञ्चुरी बैंक काठेखोला शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान

सेञ्चुरी कमर्सियल बैंक काठेखोला शाखाले ग्लोबल मनी सप्ताह अन्तर्गत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले काठेखोला गाउँपालिकास्थित भिमसेन माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी दिएको थियो । यस्तै बैंकले सामाजिक उत्रदायित्व अन्तर्गत सोही विद्यालयलाई फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको बैंकका काठेखोला शाखा प्रबन्धक सुलभ प्रसाद श्रेष्ठले विश्वलाई बताए । कार्यक्रममा बैंकको महत्व, वचत,लगानी, खाता सञ्चालन, वित्तिय व्यवस्थापन, ऋण र डिजिटल बैंकिङको विषयमा सेन्चुरी बैंक काठेखोला शाखाका प्रबन्धक सुलभ प्रसाद श्रेष्ठ… पुरा पढौ

ग्लोबल आइएमई बैंकको २८९औ शाखा बलेवामा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङ नगरपालिका १४ बलेवामा आफ्नो २८९औ शाखा विस्तार गरेको छ । सोमबार बलेवाको नारायणस्थानमा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षयक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नु भएको थियो । यस्तै एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज… पुरा पढौ

बैंक तथा वित्तीय संस्थामा तरलता संकट: कर्मचारीलाई तार्गेट पुर्‍याउनेै सकस

नेपाली बजारमा आर्थिक संकट पैदा भएको झण्डै दुई बर्ष पुगिसकेको छ । अहिलेसम्म आर्थिक अभाव समाधान हुन सकेको भने छैन । यतिबेला बागलुङमा बैंक तथा बित्तिय संस्थामा जागिर गर्ने कर्मचारीहरू ठूलो टर्चरको सामना गर्दै आफ्नो जागिर गर्न बाध्य भएका छन् । जिल्लामा शाखा रहेको बैंकमा ग्राहकले पैसा जम्मा गर्ने क्रम ह्वात्तै घटेर गएपछि हरेक दिन बैंकका शाखा प्रवन्धक देखि अरू कर्मचारी घर घरमै पुगेर पैसा बचत गराउनका लागि धाइरहेका छन् । बागलुङ बजारमा ठूला ब्यापारी धेरै छैनन् भएका ब्यापारी कसैले… पुरा पढौ

सेञ्चुरी बैंकको स्थापना दिवसमा बिद्यार्थीलाई शैक्षिक सामग्री

सेञ्चुरी बैंकले आफ्नो स्थापनाको ११ बर्ष पूरा गरी १२ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बागलुङ सदरमुकाममा रहेको कालीका कन्या मन्दिर माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अधिकांस निम्न आय भएका अभिभावकका छोराछोरीले अध्ययन गर्ने बिद्यालयमा कक्षा ६ देखि ९ कक्षासम्म अध्ययन गर्ने ७६ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सेन्चुरी बैंकका शाखा प्रवन्धक दीपक शर्माले बताए । कार्यक्रममा कालिका कन्या मन्दिर माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीमसेन कुमार श्रेष्ठले वित्तीय संस्थाले सामुदायिक… पुरा पढौ

कालिका मन्दिरमा अब क्युआर काेडबाट भेटी !

नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा आधुनिक बैकिङ्ग प्रणाली क्युआर कोड सुरु गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आवश्यकतालाई ध्यान दिँदै डिजिटल बैंकिङ प्रबिधि क्युआर काेडको सुरु गरिएको हो ।अब मन्दिरमा आउने भक्तजनहरुले दान दक्षिणा एवं भेटी क्युआर कोडको प्रयोग गरि चढाउन पाउने भएका छन् । प्रभु बैंक बागलुङ शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष लिलादेबि खड्कालाई क्युआर कोड हस्तान्तरण गरेको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले सरकारी तथा गैरसरकारी संघ… पुरा पढौ

शिव शिखर सहकारीले ल्यायो एटीएम सेवा !

बागलुङमा शाखा कार्यालय रहेको एक सहकारीले एटीएम सेवा सुरु गरेको छ । भक्तपुर जिल्लामा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बागलुङमा रहेको शाखामा एटीएम सेवा सुरु गरेको हो । फाल्गुन २ गते सोमबार एक कार्यक्रमका बीच बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल द्वारा एटीएम सेवाको उद्घाटन गरिएको हो । सहकारीमा आबद्ध ब्यक्तिहरुलाई सहज र सरल बैकिङ्ग सेवा दिने उदेश्य बागलुङमा एटीएम सेवा शुरू गरेको सहकारीका बागलुङ शाखा प्रमुख बिष्णु भुसालले बताए । भक्तपुरमा मुख्य कार्यालय रहेको सहकारी… पुरा पढौ