
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीले नागरिकको आर्थिक स्तरोन्नती र आत्मनिर्भर बनाउन महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ ।
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको ११ र्औ बार्षिक साधारण सभा एवं धितो लिलामी तथा कानुनी प्रक्रिया प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले सहकारीलाई थप उद्यमशिलतामा समेत जोडिएर सदस्यको आर्थिक उन्नयनमा लाग्न आग्रह गर्नु भयो ।
ग्रामिण क्षेत्रमा बैंक तथा बितिय संस्थाहरु नभएको अबस्थामा सहकारीको माध्यामबाट धेरेको जिवन स्तरमा सुधार गर्न महत्वपुर्ण भूुमिका खेलेको भन्दै सहकारीको माध्यमबाट आत्मनिर्भर हुने, उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने कार्य भएको बताउनु भयो ।
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष कोपिलामणि शर्मा,जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सिता शर्मा,पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी,बागलुङ नगरपालिका सहकारी शाखा प्रमुख प्रेम शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साधारण सभामा संघका सचिव ऋषिराम गौतमले प्रस्तुत प्रगति प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष लीलादेवी खड्काले आर्थिक प्रतिवेदन र प्रस्तावित अनुमानित आय व्यय विवरण तथा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हमेन्द्रसिंह रामाझीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संघको आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएका छन् । सो अवसरमा उत्कृष्ट नियमित बचत तर्फ सिवाईसी बचत तथा ऋण सहकारी सस्था र उत्कृष्ट कारोबार तर्फ बलेवा एकता साकोसलाई सममान गरिएको थियो । कार्यक्रम संघका उपाध्यक्ष गणेश खत्रीको स्वागत सचिव ऋषिराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङ जिल्लामा रहेका ९१ बता बचत तथा ऋण सहकारी आवद्ध रहेको संघको शेयर पूजी ३३ लाख ३५ हजार, बचत ६ करोड,९१ लाख ३९ हजार ६ सय ९३ र १ करोड ६२ लाख ८० हजार २ सय ५ लगानीमा रहेको संघले जनाएको छ । संघका विभिन्न कोषहरुमा ९ लाख ९१ हजार ७ सय ४९ रकम रहेको जनाइएको छ ।
११ र्औ बार्षिक साधारण सभाको अवसरमा आयोतिज धितो लिलामी तथा कानुनी प्रक्रिया प्रशिक्षण कार्यक्रममा बचत तथा ऋण सहकारी केन्द्रीय संघ ९नेफस्कुन० का कानुनि परामर्शदाता शिव अधिकारीले प्रशिक्षण दिनु भएको छ । प्रशिक्षणमा संघमा आवद्ध जिल्लाका बचत तथा ऋण सहकारीका संचालक व्यवस्थापकहरुको सहभागिता रहेको छ ।













