नेपाल बैंक लिमिटेडकाे सुबिधासम्पन्न भवनकाे उद्घाटन
नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ स्वागत

-


     हिडन खबर    
     जेठ १६ गते २०७९ मा प्रकाशित


नयाँ भवनबाट ग्राहकलाई अत्याधुनिक सेवा शुरू

बागलुङ ।नेपाल कै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बागलुङ शाखाकाे नवनिर्मित भवनको उद्घाटन तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ सम्मान तथा बधाई ज्ञापन गरियो ।
२०१७ साल माघ ४ गतेदेखि नागरिक लाई बित्तिय सेवा दिदै आएको शाखाकाे आफनै सुविधा सम्पन्न भवन सम्पन्न भएपछि
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्दै पुरानो भवनबाट झण्डै ६ दशक सेवा दिएको बैकले आफ्नै सुविधासम्पन्न भवनबाट काराेवार शुरू गरेको बताउनुभयाे ।

बागलुङ नगरपालिका वडा नम्बर ३ मा रहेको आफ्नो पुरानो भवन भत्काएर नयाँ भवन बनाउन ३ करोड ४२ लाखमा टेण्डर भएकोमा २ करोड ३६ लाख ४२ हजार १ सय ४२ रूपैयाँकाे लागतमा भवन सम्पन्न गर्ने जिम्मेवारी डेव एण्ड सायर तिलक जेबी निर्माण कम्पनीले गरेकाे शाखा प्रबन्धक अमृत शिवाले जानकारी गराउनुभएकाे थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी ,प्रमुख जिल्ला अधिकारी रमेश ढकाल ,नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय पाेखराका प्रमुख प्रतिमा श्रेष्ठ , काठेखाेला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा ,बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी ,धाैलागिरि प्राविधिक शिक्षालयका श्रीप्रसाद शर्मा ,लगायतका बक्ताहरूले नेपाल बैंक लिमिटेडकाे सेवा अन्य बैंकको तुलनामा छिटो छरितो र भरपर्दो हुनुपर्ने धारणा राखेका थिए ।

नेपाल बैंक लिमिटेडले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू लाई खादा र अबिर लगाएर सम्मान तथा स्वागत गरेकाे थियो ।

आफ्नो सुविधासम्पन्न भवनबाट नयाँ एटीएम सेवा ,लकर सेवा ग्राहकलाई पार्किङ सुविधा समेत भएको कारण हिजोको दिनमा जस्तो झन्झट ब्यहाेर्न नपर्ने शाखा प्रबन्धक शिवाले बताउनुभयो । बागलुङ शाखामा २१ जना कार्यरत छन् ।

नेपाल बैंक लिमिटेडकाे देशभर २१३ शाखा १४८ एटीएम ५० वटा एक्टेन्सन काउन्टर ,२० लाख ग्राहक रहेकोमा नेपाल बैंककाे बागलुङ शाखामा २१ हजार ग्राहक रहेका छन् । नेपाल बैंक बागलुङ शाखा नेपाल बैंकले आफ्नो शाखाहरूलाइ बिभाजन गरेको घ बर्गकाे शाखाहरूमा दुई पटक उत्कृष्ट शाखा बाट सम्मानित भइसकेकाे छ । बागलुङ सदरमुकाम सहित गलकाेट नगरपालिका र ढाेरपाटन नगरपालिकामा बैंकको शाखा रहेको छ । बागलुङमा अहिले दुई दर्जनभन्दा बढी निजी क्षेत्रका बैंकले आआफ्नो ग्राहकसंग काम काराेवार गर्दै आएका छन् ।