
बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सुरु भएको छ । बागलुङ बजारमा प्रधान कार्यालय रहेको सहकारीले २५ वटा सेवाकेन्द्रबाट इकाईगत रूपमा १३ औं साधारण सभा गर्न सुरु गरेको हो । शुक्रबार र शनिबार बागलुङका विभिन्न नगर तथा गाँउपालिकामा रहेका १६ वटा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएका छन् । साधारण सभामा केन्द्रीय सचिव जयराम भारी र कोषाध्यक्ष सितादेवी सापकोटा कँडेलको प्रगति तथा आर्थिक प्रतिवेदन पेष गरि छलफल गरिएको थियो ।
केन्द्रिय कार्यालय र २५ वटा सेवाकेन्द्रमा २०७९ असार मसान्तसम्ममा २३ हजार ६सय ५७ जना शेयर सदस्य र ३७१९ बाल बचतकर्ताहरु आवद्ध भएका छन् । आर्थिक वर्ष ७७/०७८ मा कुल पुँजी तथा दायित्व १ अर्व ९५ करोड ७४ लाख २३ हजार ४ सय ८८ रहेकोमा ०७८/०७९ मा २ अर्व ३ करोड ८५ लाख ८७ हजार ५ सय ५४ पुगेको छ ।
संस्थाको शेयर पुँजी गत आ.व.०७७/०७८ मा ३२ करोड ५४ लाख ५० हजार रहेकोमा यस आ.व. ०७८/०७९ मा ६ करोड २८ लाख ७१ हजार थप भई रु ३८ करोड ८३ लाख २१ हजारपुगेको छ । संस्थागत कोषमा ७करोड ४९ लाख ४८ हजार ७४५ पुगेको छ । सामाजिक सुरक्षा र समुदाय प्रतिको चाँसा अन्र्तगत शेयर सदस्य स्वंय र उनीहरुको आफन्तको मृत्युमा समवेदना र अध्र्वदैहिक कर्मका लागि ५३७ जनालाई रु ४५लाख ६६ हजार आर्थिक सहयोग उपलब्ध गराईएको छ । २ सय ९७ जना महिला शेयर सदस्य सुत्केरी भएको अवस्थामा भेट्न गई रु।५ लाख ७० हजार सुत्केरी पोषण सुविधा प्रदान गरिएको छ ।
७० बर्ष उमेर पुरा गरेका ६९ जना जेष्ठ नागरिकहरुलाई पेन्सन व्यवस्थाबाट मासिक १ हजारका दरले १० लाख ४९ हजार पेन्सन रकम उपलब्ध गराईएको छ । १४ जना सदस्यहरुलाई विभिन्न रोगहरुको उपचारका लागि १ लाख ६५हजार औषधि उपचार खर्च भुक्तानी गरिएको छ भने ८० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई जनही ५ हजारका दरले औषधि उपचार सुविधा रकम उपलब्ध गराइएको छ । सहकारीले मोवाईल बैंकिङ,ए.टि.एम. सेवा,क्यु.आर. कोड सेवा,ट्याबलेट बैकिङ सेवा,मिष्डकल बैंकिङ,इ–टेलर जस्ता डिजिटल प्रविधिमार्फत सेवाहरु सदस्यहरुलार्य सेवा दिएको सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले बताउनु भयो ।
२०७८/०७९ को अन्तमा कायम रहेको २३ हजार ६ सय ५७ जना सदस्य संख्यामा ६ हजार ५ सय नयाँ सदस्य थप गरी आर्थिक वर्ष २०७९/०८० मा ३० हजार ९३ जना सदस्य संख्या पु¥याइने छ भने बालबचतकर्ता ३७१९ मा वृद्धि गरी ६५०० पु¥याइने लक्ष लिएको छ । संस्थाको कुल सम्पत्ति २ अर्व ४ करोडमा ५१ प्रतिशलते वृद्धि गरी ३ अर्ब ६ करोड पु¥याइने लक्ष लिएको छ ।
हाल बागलुङ, म्याग्दी र पर्वत जिल्लामा २५ वटा कार्यालयबाट सेवा प्रवाह भइरहेकोमा आगामी आ।व।मा भइरहको सदस्य सेवा केन्द्र अन्तर्गत रहेको सदस्यको वित्तिय तथा गैरवित्तीय सेवाको गुणस्तर अभिवृद्धि, कार्यालयको भौतिक तथा अन्य व्यवस्थापको स्तरोन्नती गर्दै जिल्लागत कार्यक्षेत्र थप गरी कास्की जिल्लामा समेत सेवा विस्तार गरिने भएको छ । संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अध्र्वदैहिक राहत, जेष्ठ नागरिक÷एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति, जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिङ सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइने छ ।
यस आ।ब देखि जेष्ठ नागरिक पेन्सन सुविधा स्वरुप कार्तिक १ देखि लागु हुने गरि २५० थप गरि मासिक १२५० जेष्ठ नागरिक पेन्सन बापत उपलब्ध गराईनेछ । इकाई साधारण सभामा ११ बुँदे प्रस्तावका साथै संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनमा छलफल गरि पारित भएका छन् । सो अवसरमा उत्कृष्ट कारोबार गर्नेहरु, बाल बचत, जेष्ठ नागरिक सम्मान र पुरस्कार वितरण गरिएको थियो । पौष ५ गते सम्म इकाइगत साधारण सभा हुने र पौष १३ गते निर्णयप्रमाणिकरण सभा गर्ने तयारी गरेको छ ।



























