बागलुङ नगरपालिकाका जनप्रतिनिधिलाई बैंकर्सकाे स्वागत

-


     हिडन खबर    
     असार ७ गते २०७९ मा प्रकाशित


बागलुङ ।बैंकर्स बागलुङले बागलुङ नगरपालीकाका नव निर्वाचित नगर प्रमुख तथा नगर उप प्रमुख जनप्रतिनिधीहरूलाई सम्मान गरेको छ।

बागलुङ स्थीत सम्पुर्ण बैंक तथा वित्तीय संस्थाको छाता संगठन बैंकर्स बागलुङले एक कार्यक्रम बीच नव निर्बाचित जन प्रतिनिधिहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आफ्नो कार्यकालमा समृद्ध नगरपालिका निर्माण गर्नको लागि बागलुङ स्थीत सम्पुर्ण वित्तीय संस्था हरुसंग सहकार्य र समन्वय गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैंक आफैंमा पुर्ण वित्तिय पारदर्शी सँस्था भएकोले यस्ता सँस्था हरुबाट धेरै वित्तिय पारदर्शीता लगायत स्मार्ट कार्यालय ब्यवस्थापन तथा सेवाग्राही मैत्री कार्यालय बनाउने कुरामा नगरपालिका अन्तरगत का सम्पुर्ण कार्यालयहरूलाई बैङ्क जस्तै बन्नुपर्ने आवश्यकता रहेकाे नगर प्रमूख श्रेष्ठले बताउनु भयो।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले नगरपालिका लाई समृद्ध बनाउने सपनामा बैंक हरूको सहयोग रहने अपेक्षा सहित वित्तिय संस्थाहरु संग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे थियो ।

कार्यक्रममा बैंकर्स बागलुङ का अध्यक्ष हेमराज शर्माले नवनिर्वाचित जनप्रतिनिधि हरु निकै उर्जाशील र युवा भावना बुझेको भएकोले यो समयमा सँगै सहकार्य गर्दै अगाडी बढ्ने र समृद्ध नगरपालिका निर्माण गर्नको लागि बैंकर्स बागलुङ काे तर्फबाट पुर्ण रुपमा सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

कार्यक्रम मा बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्था का शाखा प्रबन्धक हरूको उपस्थिति रहेको थियो।

कार्यक्रम बैंकर्स बागलुङ का अध्यक्ष हेमराज शर्मा काे अध्यक्षता, बैंकर्स बागलुङका सदस्य अमृत सेवाकाे स्वागत र बैंकर्स बागलुङका सदस्य हेमन्त आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।