३ करोडको नयाँ नोट वितरण

- नेपाल बैंक लिमिटेड बागलुङ शाखाद्वारा विजया दशमी तथा शुभ दिपावलीका लागि लक्षित गर्दै ३ करोड भन्दा बढी नयाँ नोट वितरण गरेको छ ।

-


     हिडन खबर    
     असाेज १३ गते २०७९ मा प्रकाशित


नेपाल बैंक लिमिटेड बागलुङ शाखाद्वारा विजया दशमी तथा शुभ दिपावलीका लागि लक्षित गर्दै ३ करोड भन्दा बढी नयाँ नोट वितरण गरेको छ ।

असोज ११ गतेबाट नयाँ नोट वितरण सुरु गरिएकोमा ३ दिनमा ३ करोड भन्दा बढी नयाँ नोट वितरण गरिएको नेपाल बैंक बागलुङ शाखाका प्रमुख अमृत सेवाले बताउनुभयो ।

बागलुङ सदरमुकाम, गलकोट र बुर्तिवाङ शाखाद्वारा ३ दिनमा ३ करोड भन्दा धेरै नयाँ नोटको वितरण गरिसकेको प्रमुख सेवाको भनाई रहेको छ ।

नागरिकहरुको चाडपर्वमा नयाँ नोटको मागलाई मध्यनजर गर्दै छुट्टै काउन्टर राखेर वितरण गरिरहेकाे सेवाले बताउनुभयो ।