
बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण अन्र्तगत २४ वटा सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएको छ । पौष १ गतेबाट इकाइगत रुपमा साधारण सभा सुरु गरेको सहकारीले सोमबार पर्वतको गुप्तेश्वर सदस्य सेवा केन्द्र र बागलुङ नगरपालिका वडा नम्वर १३ पैयुपाटामा रहेको बलेवा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको हो ।
गुप्तेश्वर सदस्य सेवा केन्द्रको कार्यक्रममा बोल्दै सिवाईसी साकोस केन्द्रिय सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले देश आर्थिक संकटमा गुज्रिरहेको बेला सहकारीहरु पनि समस्यामा रहेको बताउनुभयो । यद्यपी आफ्नो सहकारीका सेवा केन्द्रहरुको प्रगति भने सन्तोषजनक अवस्थामै रहेको बताउनुभयो । सहकारीले हुने खाने र हुँदा खाने वर्ग विचको खाडल पुर्ने र पुँजिको वृद्धि गर्दै सदस्यको आर्थिक जिवन स्तर उकास्ने काम गर्दै जाने बताउनु भयो । आर्थिक संकट आउँदा होस वा सेवाग्राहीलाई समस्या पर्दा छिटो र सहज रुपमा सिवाईसीले शेयर धनीको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, जेष्ठ नागरिक मन्चका अध्यक्ष लोकनाथ आचार्य, बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेषराज रेग्मी, कुश्मा नगरपालिका ६ का अध्यक्ष ईश्वर गिरी, कुश्मा नगरपालिकाको सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा, प्रेस यूनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी, प्रतिफल बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष मोहन आचार्य, शेयर सदस्यको तर्फबाट सरस्वती शर्मा जिज्ञाशु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गुप्तेश्वर सेवा केन्द्रका कोषाध्यक्ष अनिता सापकोटाले आर्थिक तथा वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सेवा केन्द्र प्रमुख कमल तिवारीले संस्थाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमितिका अध्यक्ष किशोर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य चन्द्रकला लम्साल र सञ्चालन सदस्य माधव पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा असल सदस्य विकास श्रेष्ठ, असल ऋणि विष्णुप्रसाद यादव, असल वचतकर्ता शारदा पौडेल, असल बालबचत कर्ता स्पर्शिका पौडेललाई सम्मान गरिएको छ । यस्तै जेष्ठ नागरिक सदस्य ८० वर्षमाथीका शेयर सदस्य लोकनाथ आचार्य र भद्रकला भण्डारी लाई स्वास्थ्य जाँच खर्च ५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
बागलुङ नगरपालिका वडा नम्वर १३ पैयुपाटामा रहेको बलेवा सदस्य सेवा केन्द्रको १३ औं वार्षिक साधारण सभामा बोल्दै वडा नम्वर १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले सहकारीले गाँउमा दिएको वित्तिय सेवा र सहकारी क्षेत्रमा खेलेको भुमिका अतुलनिय रहेको बताउनु भयो । कार्यक्रममा वडा नम्व्र १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री,सिवाईसी साकोस केन्द्रिय सञ्चालक समितिका सचिव जयराम भारी,सह सचिव सुवास आचार्य,समाजसेवी चन्द्र बहादुर खत्री,सिवाईसी साकोस शिक्षा समिति सदस्य ज्ञानेन्द्र पन्त, संचार उपसमिति सदस्य राजेशचन्द्र राजभण्डारी,वडा सदस्य महानन्द शर्मा, नगर अस्पताल संचालक समितिका सदस्य डा.राम बहादुर केसी, शेयर सदस्य मायादेवी पौडेल, खेमराज राज ढकाल लगाएतले बोल्नु भएको थियो थियो ।
सो अवसरमा ८० वर्ष पार गरेका धनबहादुर खत्री,भुमिश्वर पाध्या,टिका कुमारी खत्री, पदम बहादुर केसीलाई स्वास्थ्य जाँच खर्च वापत जनहि ५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । त्यस्तै असल बचतकर्ता खेमराज ढकाल,असल ऋणी तथा उद्यमी सोवाखर पाध्या,असल सदस्य बलभन्द्र पाठक र असल बाल बचतकर्ता सुचना लाई सम्मान गरिएको थियो । कार्यक्रम सेवा केन्द्रमा संयोजक चुडामणि शर्मा पौडेलको अध्यक्षता सदस्य देवेन्द्र पौडेलको स्वागत र सह संयोजक रेशम बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा सेवा केन्द्रका प्रमुख हेम चन्द्र रेग्मीले सस्थाको बारे जानकारी गराउनु भएको थियो । बागलुङ बजारमा प्रधान कार्यालय रहेको सहकारीले २५ वटा सेवाकेन्द्रबाट इकाईगत रूपमा १३ औं साधारण सभा गरि रहेको छ । मंगलबार बागलुङ बजारमा प्रधान कार्यालय संगै रहेको मुक्तिनाथ सदस्य सेवा केन्द्रमा इकाई साधारण सभा गरे संगै १३ औं वार्षिक साधारण सम्पन्न हुने भएको छ ।
केन्द्रिय कार्यालय र २५ वटा सेवाकेन्द्रमा २०७९ असार मसान्तसम्ममा २३ हजार ६सय ५७ जना शेयर सदस्य र ३७१९ बाल बचतकर्ताहरु आवद्ध भएका छन् । आर्थिक वर्ष ७७/०७८ मा कुल पुँजी तथा दायित्व १ अर्व ९५ करोड ७४ लाख २३ हजार ४ सय ८८ रहेकोमा ०७८/०७९ मा २ अर्व ३ करोड ८५ लाख ८७ हजार ५ सय ५४ पुगेको छ ।
संस्थाको शेयर पुँजी गत आ.व.०७७/०७८ मा ३२ करोड ५४ लाख ५० हजार रहेकोमा यस आ.व. ०७८/०७९ मा ६ करोड २८ लाख ७१ हजार थप भई रु ३८ करोड ८३ लाख २१ हजारपुगेको छ । संस्थागत कोषमा ७करोड ४९ लाख ४८ हजार ७४५ पुगेको छ । सामाजिक सुरक्षा र समुदाय प्रतिको चाँसा अन्र्तगत शेयर सदस्य स्वंय र उनीहरुको आफन्तको मृत्युमा समवेदना र अध्र्वदैहिक कर्मका लागि ५३७ जनालाई रु ४५लाख ६६ हजार आर्थिक सहयोग उपलब्ध गराईएको छ । २ सय ९७ जना महिला शेयर सदस्य सुत्केरी भएको अवस्थामा भेट्न गई रु।५ लाख ७० हजार सुत्केरी पोषण सुविधा प्रदान गरिएको छ ।
७० बर्ष उमेर पुरा गरेका ६९ जना जेष्ठ नागरिकहरुलाई पेन्सन व्यवस्थाबाट मासिक १ हजारका दरले १० लाख ४९ हजार पेन्सन रकम उपलब्ध गराईएको छ । १४ जना सदस्यहरुलाई विभिन्न रोगहरुको उपचारका लागि १ लाख ६५हजार औषधि उपचार खर्च भुक्तानी गरिएको छ भने ८० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई जनही ५ हजारका दरले औषधि उपचार सुविधा रकम उपलब्ध गराइएको छ । सहकारीले मोवाईल बैंकिङ,ए.टि.एम. सेवा,क्यु.आर. कोड सेवा,ट्याबलेट बैकिङ सेवा,मिष्डकल बैंकिङ,इ–टेलर जस्ता डिजिटल प्रविधिमार्फत सेवाहरु सदस्यहरुलार्य सेवा दिएको सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले बताउनु भयो ।
२०७८/०७९ को अन्तमा कायम रहेको २३ हजार ६ सय ५७ जना सदस्य संख्यामा ६ हजार ५ सय नयाँ सदस्य थप गरी आर्थिक वर्ष २०७९/०८० मा ३० हजार ९३ जना सदस्य संख्या पु¥याइने छ भने बालबचतकर्ता ३७१९ मा वृद्धि गरी ६५०० पु¥याइने लक्ष लिएको छ । संस्थाको कुल सम्पत्ति २ अर्व ४ करोडमा ५१ प्रतिशलते वृद्धि गरी ३ अर्ब ६ करोड पु¥याइने लक्ष लिएको छ ।
हाल बागलुङ, म्याग्दी र पर्वत जिल्लामा २५ वटा कार्यालयबाट सेवा प्रवाह भइरहेकोमा आगामी आ।व।मा भइरहको सदस्य सेवा केन्द्र अन्तर्गत रहेको सदस्यको वित्तिय तथा गैरवित्तीय सेवाको गुणस्तर अभिवृद्धि, कार्यालयको भौतिक तथा अन्य व्यवस्थापको स्तरोन्नती गर्दै जिल्लागत कार्यक्षेत्र थप गरी कास्की जिल्लामा समेत सेवा विस्तार गरिने भएको छ । संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अध्र्वदैहिक राहत, जेष्ठ नागरिक÷एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति, जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिङ सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइने छ ।
यस आ।ब देखि जेष्ठ नागरिक पेन्सन सुविधा स्वरुप कार्तिक १ देखि लागु हुने गरि २५० थप गरि मासिक १२५० जेष्ठ नागरिक पेन्सन बापत उपलब्ध गराईनेछ । इकाई साधारण सभामा ११ बुँदे प्रस्तावका साथै संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनमा छलफल गरि पारित भएका छन् ।





















