
बैंकर्स बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्था मा कार्यरत महिला कर्मचारी दिदिबहिनीहरूलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका बिभिन्न शाखामा कार्यरत महिला कर्मचारी दिदिबहिनी हरूलाई एक आपसमा चिनजान तथा एउटै क्षेत्रमा कार्यरत महिला बैंकर्सहरु बीच मैत्रीपुर्ण सम्बन्धको विकास गराउन एबम् नारी सम्मानको लागि हरितालिका तीजको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरीएको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बताउनुभयो ।
कार्यक्रममा बागलुङ स्थित बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पुर्ण महिला कर्मचारी तथा शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्राइम कमर्सियल बैंक बागलुङका शाखा प्रबन्धक सपना शर्मा पन्तले बैंकर्स बागलुङले सबै महिला बैंकर्स कर्मचारीलाई एकै ठाँउमा भेला गराई एक आपसमा मैत्रीपूर्ण सम्बन्धको विकास गराउन महत्वपूर्ण भुमिका खेलेकोमा सम्पुर्ण महिला कर्मचारी दिदि बहिनी को तर्फ बाट बैंकर्स बागलुङ लाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्मा काे अध्यक्षता, सदस्य सुजित ज्ञवालीको स्वागत र कोषाध्यक्ष टंक प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।
बैंकर्स बागलुङले जिल्लामा बिभिन्न सामाजिक कार्यमा अग्रसर रहि संस्थागत सामाजिक उत्तरदायित्व वहन गरी रहेको छ।









