
निलगिरि बचत तथा ऋण सहकारी सस्था बागलुङले १५ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा सस्थाका शेयर सदस्य भै स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा धौलागिरी अस्पतालमा फलफूल वितरण गरि स्थापना दिवस मनाएको हो ।
सो अवसरमा धौलागिरि अस्पतालमा रहेको ५५ जनालाई विरामीहरुलाई स्वास्थ्यलाभको कामना सहित फलफूल वितरण गरिएको थियो । संस्थाका सल्लाहाकार किरण पौडेल, अधिवक्ता भूमिश्वर गौतम, बागलुङ नगरपालिका वडा नम्वर ११ का वार्ड अध्यक्ष ज्ञानेन्द्र गौतम, १३ का वार्ड अध्यक्ष नारायण पौडेल, धौलागिरी अस्पताल समितिका सदस्य कृष्ण शंकर श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर शैलेन्द्र बि पोख्रेल लगाएतको उपस्थितिमा फलफूल वितरण गरिएको थियो ।
कार्यक्रममा अस्पतालको लागि ६ थान डस्विन हस्तान्तरण गरिएको थियो । त्यस्तै स्थापना दिवसको अवसरमा संस्थाका शेयर सदस्य रही स्थानिय तहको निर्वाचनमा निर्वाचीत १३ जना जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै सहकारीका शेयर सदस्य तथा जैमिनी नगरपालिकाका उपप्रमख हरिहर शर्माले सहकारी नाफामुखी भन्दा पनि सेवामुखी हुनु पर्ने बताउनुभयो । शर्माले सहकारीमार्फत उत्पादन वृद्वि गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सहकारीका सल्लाहकार तथा बागलुङ नगरपालिका वडा नम्वर ११ का वार्ड अध्यक्ष ज्ञानेन्द्र गौतम, धौलागिरी अस्पताल समितिका सदस्य कृष्ण शंकर श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष नारायण पौडेलको अध्यक्षता, लेखा समिति संयोजक गोबिन्द पौडेलको स्वागत र सचिव मिलन केसीको संचालनमा सम्पन्न भएको थियो ।
स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका ११ को रायडांडा स्वास्थ्य चौकी तथा बिद्यालय र वडा नम्वर १३ को पैयुपाटा स्वास्थ्य चौकी र बिद्यालयमा डस्बिन हस्तान्तरण गरिएको सहकारीका सचिव केसीले जानकारी दिनु भयो । औ









