बैँक / वित्त

सहकारीको माध्यामबाट धेरेको जिवनस्तरमा सुधार भएको छ : नगर प्रमुख श्रेष्ठ

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीले नागरिकको आर्थिक स्तरोन्नती र आत्मनिर्भर बनाउन महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको ११ र्औ बार्षिक साधारण सभा एवं धितो लिलामी तथा कानुनी प्रक्रिया प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले सहकारीलाई थप उद्यमशिलतामा समेत जोडिएर सदस्यको आर्थिक उन्नयनमा लाग्न आग्रह गर्नु भयो । ग्रामिण क्षेत्रमा बैंक तथा बितिय संस्थाहरु नभएको अबस्थामा सहकारीको माध्यामबाट धेरेको जिवन स्तरमा सुधार गर्न महत्वपुर्ण भूुमिका खेलेको भन्दै सहकारीको माध्यमबाट आत्मनिर्भर… पुरा पढौ

सिवाईसी साकोसका २४ सेवा केन्द्रमा १३ औं साधारण सभा सम्पन्न

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण अन्र्तगत २४ वटा सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएको छ । पौष १ गतेबाट इकाइगत रुपमा साधारण सभा सुरु गरेको सहकारीले सोमबार पर्वतको गुप्तेश्वर सदस्य सेवा केन्द्र र बागलुङ नगरपालिका वडा नम्वर १३ पैयुपाटामा रहेको बलेवा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको हो । गुप्तेश्वर सदस्य सेवा केन्द्रको कार्यक्रममा बोल्दै सिवाईसी साकोस केन्द्रिय सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले देश आर्थिक संकटमा गुज्रिरहेको बेला सहकारीहरु… पुरा पढौ

सिवाइसी साकोसको १३ औं वार्षिक साधारण सभा सुरु,२५ सेवा केन्द्रमा इकाईगत साधारण सभा हुँदै

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सुरु भएको छ । बागलुङ बजारमा प्रधान कार्यालय रहेको सहकारीले २५ वटा सेवाकेन्द्रबाट इकाईगत रूपमा १३ औं साधारण सभा गर्न सुरु गरेको हो । शुक्रबार र शनिबार बागलुङका विभिन्न नगर तथा गाँउपालिकामा रहेका १६ वटा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएका छन् । साधारण सभामा केन्द्रीय सचिव जयराम भारी र कोषाध्यक्ष सितादेवी सापकोटा कँडेलको प्रगति तथा आर्थिक प्रतिवेदन पेष गरि छलफल गरिएको थियो ।… पुरा पढौ

३ करोडको नयाँ नोट वितरण

नेपाल बैंक लिमिटेड बागलुङ शाखाद्वारा विजया दशमी तथा शुभ दिपावलीका लागि लक्षित गर्दै ३ करोड भन्दा बढी नयाँ नोट वितरण गरेको छ । असोज ११ गतेबाट नयाँ नोट वितरण सुरु गरिएकोमा ३ दिनमा ३ करोड भन्दा बढी नयाँ नोट वितरण गरिएको नेपाल बैंक बागलुङ शाखाका प्रमुख अमृत सेवाले बताउनुभयो । बागलुङ सदरमुकाम, गलकोट र बुर्तिवाङ शाखाद्वारा ३ दिनमा ३ करोड भन्दा धेरै नयाँ नोटको वितरण गरिसकेको प्रमुख सेवाको भनाई रहेको छ । नागरिकहरुको चाडपर्वमा नयाँ नोटको मागलाई मध्यनजर गर्दै छुट्टै… पुरा पढौ

बैंकर्स बागलुङको दरखाने कार्यक्रम सम्पन्न

बैंकर्स बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्था मा कार्यरत महिला कर्मचारी दिदिबहिनीहरूलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। बैंकका बिभिन्न शाखामा कार्यरत महिला कर्मचारी दिदिबहिनी हरूलाई एक आपसमा चिनजान तथा एउटै क्षेत्रमा कार्यरत महिला बैंकर्सहरु बीच मैत्रीपुर्ण सम्बन्धको विकास गराउन एबम् नारी सम्मानको लागि हरितालिका तीजको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरीएको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बताउनुभयो । कार्यक्रममा बागलुङ स्थित बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पुर्ण महिला कर्मचारी तथा शाखा प्रबन्धकहरूको उपस्थिति रहेको… पुरा पढौ

बागलुङ नगरपालिकाका जनप्रतिनिधिलाई बैंकर्सकाे स्वागत

बागलुङ ।बैंकर्स बागलुङले बागलुङ नगरपालीकाका नव निर्वाचित नगर प्रमुख तथा नगर उप प्रमुख जनप्रतिनिधीहरूलाई सम्मान गरेको छ। बागलुङ स्थीत सम्पुर्ण बैंक तथा वित्तीय संस्थाको छाता संगठन बैंकर्स बागलुङले एक कार्यक्रम बीच नव निर्बाचित जन प्रतिनिधिहरूलाई सम्मान गरेको हो। कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आफ्नो कार्यकालमा समृद्ध नगरपालिका निर्माण गर्नको लागि बागलुङ स्थीत सम्पुर्ण वित्तीय संस्था हरुसंग सहकार्य र समन्वय गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैंक आफैंमा पुर्ण वित्तिय पारदर्शी सँस्था भएकोले यस्ता सँस्था हरुबाट धेरै… पुरा पढौ

निलगिरि बचत तथा ऋण सहकारी सस्था बागलुङको १५ औ स्थापना दिवस मनायो

निलगिरि बचत तथा ऋण सहकारी सस्था बागलुङले १५ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा सस्थाका शेयर सदस्य भै स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा धौलागिरी अस्पतालमा फलफूल वितरण गरि स्थापना दिवस मनाएको हो । सो अवसरमा धौलागिरि अस्पतालमा रहेको ५५ जनालाई विरामीहरुलाई स्वास्थ्यलाभको कामना सहित फलफूल वितरण गरिएको थियो । संस्थाका सल्लाहाकार किरण पौडेल, अधिवक्ता भूमिश्वर गौतम, बागलुङ नगरपालिका वडा नम्वर ११ का वार्ड अध्यक्ष ज्ञानेन्द्र गौतम, १३ का वार्ड अध्यक्ष नारायण पौडेल,… पुरा पढौ

नेपाल बैंक लिमिटेडकाे सुबिधासम्पन्न भवनकाे उद्घाटन
नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ स्वागत

नयाँ भवनबाट ग्राहकलाई अत्याधुनिक सेवा शुरू बागलुङ ।नेपाल कै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बागलुङ शाखाकाे नवनिर्मित भवनको उद्घाटन तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ सम्मान तथा बधाई ज्ञापन गरियो ।२०१७ साल माघ ४ गतेदेखि नागरिक लाई बित्तिय सेवा दिदै आएको शाखाकाे आफनै सुविधा सम्पन्न भवन सम्पन्न भएपछिबागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्दै पुरानो भवनबाट झण्डै ६ दशक सेवा दिएको बैकले आफ्नै सुविधासम्पन्न भवनबाट काराेवार शुरू गरेको बताउनुभयाे ।… पुरा पढौ

जैमिनिमा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

बागलुङको कुश्मिसेरामा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजना र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शुक्रबारबाट सुरु भएको २ दिने तालिम शनिबार सम्पन्न भएको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जैमिनी नगरपालिकामा सञ्चालित सहकारीका सञ्चालक र व्यवस्थापकहरुलाई दुई दिने तालिम दिएको हो । सहकारीका शेयर सदस्यहरुलाई कसरी प्रभावकारी सेवा दिने लगाएतका विषयमा तालिम केन्द्रित भएको । तालिममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सहकारी संस्थाहरुले जैमिनीमा गरिवी निवारण गर्न योगदान… पुरा पढौ

सेञ्चुरी बैंक काठेखोला शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान

सेञ्चुरी कमर्सियल बैंक काठेखोला शाखाले ग्लोबल मनी सप्ताह अन्तर्गत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले काठेखोला गाउँपालिकास्थित भिमसेन माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी दिएको थियो । यस्तै बैंकले सामाजिक उत्रदायित्व अन्तर्गत सोही विद्यालयलाई फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको बैंकका काठेखोला शाखा प्रबन्धक सुलभ प्रसाद श्रेष्ठले विश्वलाई बताए । कार्यक्रममा बैंकको महत्व, वचत,लगानी, खाता सञ्चालन, वित्तिय व्यवस्थापन, ऋण र डिजिटल बैंकिङको विषयमा सेन्चुरी बैंक काठेखोला शाखाका प्रबन्धक सुलभ प्रसाद श्रेष्ठ… पुरा पढौ