समाचार

सिवाईसीको स्थापना दिवसको अवसरमा सरसफाई र वृक्षारोपण

सिवाईसी साकोसको १६ औं स्थापना दिवसको अवसरमा आइतबार सरसफाई र वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। दिवसको अवसरमा बाग्लुङ नगरपालिका-९, सालबोटस्थित आशापूर्णेश्वर शिवालय मन्दिर र शिवपुरी फड्के डाँडामा सरसफाई र वृक्षारोपण गरिएको हो। मन्दिर परिसरमा सरसफाई गर्दै तीन दर्जन नयाँ बिरुवा रोपिएका छन्। संस्थाले पुराना बिरुवाहरूको गोडमेल गर्नुका साथै पिपल, धुपी, कल्की जातका ४ दर्जन नयाँ बिरुवा रोपेको छ। संस्थाले "सदस्यको खुशीको आधार, प्रविधीयुक्त सुरक्षित कारोबार" भन्ने वार्षिक नाराका साथ चैत्र १३ देखि आगामी २६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी स्थापना… पुरा पढौ

‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर

काठमाडौं । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ । गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन् । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ । गीतको भिडियोमा चलचित्रका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् ।… पुरा पढौ

चलचित्र ‘द महावीर’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । जिबी आग्रीले निर्देशन गर्ने चलचित्रको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन । थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ । दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमानेसमाने भएको पोस्टरमा उल्लेख छ । बीचमा ठूलो  तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा छ, यो युद्धको संकेत हो ।   चलचित्रको स्लोगन… पुरा पढौ

चलचित्र ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा

काठमाडौं । चलचित्र ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा आएको छ । नेपालसहति विभिन्न देशमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो । ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ । विभिन्न देशमा ट्रेन्डिङमा आएसँगै चलचित्र ‘कर्मा’को ओभरसिज माकेर्टमा डिमान्ड थप बढ्ने निश्चित छ । बिहीबार सार्वनिक ‘कर्मा’को ट्रेलरको सामाजिक सञ्जालमा उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेको छ । सिनेमा रिलिजको मिति नजिकिँदै जाँदा ट्रेलरले चलचित्रको हाइप बढाइरहेको छ । ट्रेलरमा… पुरा पढौ

चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । भोलिबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक… पुरा पढौ

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं, चैत २३ काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा संचालित लागूपदार्थ विरुद्धको महाअभियानअन्तर्गत आज नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको सहकार्यमा औषधिजन्य लागू औषधको दुरुपयोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरियो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशद्वारा नेपाल पुलिस क्लब, भृकुटी मण्डपमा संयुक्त रुपमा आयोजना गरिएको लागू औषध विरूद्धको महाअभियान अन्तर्गत 'औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम' काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भएको छ… पुरा पढौ

कर्मा’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरेर ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाका मुख्य कलाकार अटाएका छन् । विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनले प्रधानता पाएको छ । सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ ।… पुरा पढौ

पुरुषोत्तम न्यौपाने सांगीतिक साँझलाई बागलुङ कलाकार समाजको आर्थिक सहयोग

केपि कुमार जलन बागलुङ कलाकार समाजले आगामी "Ncell पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१" कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कार्यक्रमको आयोजना राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्वारा आगामी चैत्र २२ गते पोखराको सभागृहमा गरिने कार्यक्रम रहेको छ। बागलुङ कलाकार समाजले यस सांगीतिक साँझको आयोजनामा सहयोग गर्न कलाकारलाई आर्थिक सहायता प्रदान गरेको छ गायक बसन्त थापा ५ हजारदेबी घर्ती ५ हजार रेशम निर्दोष कमल कुमार बिक ताराकान्त बीक ,सूर्य खड्का ले ५/५ हजार तुलबीर थापा २० हजार… पुरा पढौ

बागलुङमा पिकअप दुर्घटना एकजनाकाे मृत्यु

बागलुङ चैत २१ बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटिया बजार देखी कोटमैदान जादै गरेको ग १ ज ६१०० नम्वरको बोलेरो पिकअप चियॅाचौतार मुनिको घुम्ति बाट करिब १०० सय मिटर तल खसेर दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ । दुर्घटनामा परि बागलुङ गलकोट न.पा.११ रिघा बस्ने बर्ष २२ को बिष्णु रानाकाे मृत्यु भए जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बिजय यादवले बताए । जिपमा चालक सहित ४ जना सवार रहेकोमा ३ जना घाईतेकाे नगर अस्पताल गलकोट बागलुङ पठाईएको,प्रहरीले जनाएको छ ।… पुरा पढौ

बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । बैंककमा आयोजित छैठौँ बिमस्टेक समिट अन्तर्गत आज २० औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “बिमस्टेक दक्षिण एसिया र दक्षिणपूर्व एशियाली गतिशील क्षेत्रको प्रतिनिधित्व गर्ने चम्किलो इन्द्रेणी हो र यसका रङ्गले यस क्षेत्रको समृद्ध… पुरा पढौ