फोरेक्स जापानको ‘७६ को रंग, Fjpay संग’ अभियान सार्वजनिक

-


     हिडन खबर    
     भाद्र २० गते २०८२ मा प्रकाशित


काठमाडौं भदौ २०

फोरेक्स जापान कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘७६ को रंग, Fjpay संग’ अभियान सुरु गरेको छ। यस अभियानले नेपालका ७६ जिल्लालाई भावनात्मक रूपमा जोड्ने लक्ष्य लिएको छ।

कम्पनीले जापानमा रहेका नेपाली संस्थाहरूसँग सहकार्य गर्दै प्रत्येक संस्थालाई १० लाख जापानी येन सहयोग प्रदान गर्नेछ, जुन आपतकालीन राहत कोषमा खर्च गरिनेछ।

‘मेरो ठाँउमै फिजिङ’ अभियानअन्तर्गत हरेक महिना एक जिल्ला चयन गरिनेछ र सो जिल्लाको कला, संस्कृति, पर्यटन आदिको प्रचार गरिनेछ। Fjpay एपमार्फत विशेष कुपन कोड प्रयोग गरी निःशुल्क रकम पठाउन सकिने सुविधा पनि उपलब्ध हुनेछ।

सेप्टेम्बर महिनाको लागि ‘DOLAKHA’ नाम प्रयोग गरी निःशुल्क पैसा पठाउन सकिनेछ।

अभियानले नेपाली समुदायमा सहकार्य, एकता र जिल्लासँगको भावनात्मक सम्बन्ध प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।