चौथो जैमिनी ब्याडमिन्टन कप हुने

-


     सुजन आचार्य     
     भाद्र १९ गते २०८२ मा प्रकाशित


बागलुङ भदौ १९

बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा चौथो जैमिनी ब्याडमिन्टन कप प्रतियोगिता मंसिर १० गते आयोजना हुने भएको छ। प्रतियोगिता जैमिनी ब्याडमिन्टन संघको कभर हलमा हुनेछ।

प्रतियोगितामा दुई प्रकारका खेल समावेश गरिएकाे छ ।

🏸 प्रतियोगिता विवरण

१. धौलागिरी अञ्चलस्तरीय B–लेभल ब्याडमिन्टन

  • दर्ता शुल्क: रु ३,०००
  • पुरस्कारहरू:
  • प्रथम: रु ३०,००० + ट्रफी, मेडल, प्रमाणपत्र
  • दोस्रो: रु २०,००० + ट्रफी, मेडल, प्रमाणपत्र
  • तेस्रो: रु १०,००० + ट्रफी, मेडल, प्रमाणपत्र

२. बागलुङ जिल्लास्तरीय Double C–लेभल ब्याडमिन्टन

  • दर्ता शुल्क: रु २,५००
  • पुरस्कारहरू:
  • प्रथम: रु २५,००० + ट्रफी, मेडल
  • दोस्रो: रु १५,००० + ट्रफी, मेडल, प्रमाणपत्र
  • तेस्रो: रु ७,००० + ट्रफी, मेडल, प्रमाणपत्र

आयोजक संस्थाहरूमा जैमिनी ब्याडमिन्टन संघ सारा क्लब, कुस्मि सेरा जैमिनी नगरपालिका–१ वडा कार्यालय जैमिनी नगर खेलकुद विकास संघ जैमिनी नगरपालिका कार्यालय, कुस्मि सेरा, बागलुङ रहेको छ ।