पुष्पलाल लोकमार्ग अभियान पुनः सुरु गर्न अध्यक्ष प्रचण्ड पोखरामा

-


     हिडन खबर    
     भाद्र २१ गते २०८२ मा प्रकाशित


पोखरा, भदौ २१ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानलाई पुनः सुरु गर्ने भएको छ। बर्खाको मौसमका कारण अभियान केही समयका लागि रोकिएको थियो।

जेठ १२ गते पोखरामा स्थगित गरिएको उक्त अभियान आज (भदौ २१ गते) दिउँसो ३ बजे पोखराको रुपा–१, स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु गरिने कार्यक्रम तय गरिएको छ।

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लाहरूमा पनि यही भदौ २१ गतेदेखि अभियान सुरु गर्ने निर्णय गरिएको हो।