लम्जुङमा प्रचण्डको बिहानको पदयात्रा : सहिद परिवारसँग भेट, विद्यालय अवलोकन

-


     हिड्न खबरदाता     
     भाद्र २२ गते २०८२ मा प्रकाशित


लम्जुङ, भदौ २२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बिहान लम्जुङको भोर्लेटारमा बिहानको पदयात्रा (मर्निङ वाक) गर्दै जनसंपर्क कार्यक्रम सञ्चालन गर्नुभयो।

पदयात्राको क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका सहिद राममणी भट्टराईको निवासमा पुगेर परिवारसँग भेटघाट गर्नुभयो। उहाँले सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो।

त्यसपछि प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गर्‍यो। विद्यालयको भौतिक संरचना तथा शैक्षिक गतिविधिबारे जानकारी लिँदै अध्यक्ष प्रचण्डले विद्यालयप्रति चासो व्यक्त गर्नुभयो।

पदयात्राका क्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। विभिन्न स्थानमा स्थानीय नागरिकहरूले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए।