समाचार

‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा, निर्देशक भन्छन्– यो सिक्वेल होइन

काठमाडौं:निर्देशक दीपेन्द्र के. खनाल निर्देशित नयाँ नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। केही दिनअघि सार्वजनिक टिजरले दर्शकमा उत्सुकता जगाएको यो चलचित्रलाई लिएर अहिले चर्चाको विषय बनेको छ। चलचित्रको नामले दुई वर्षअघि रिलिज भएको ‘के घर के डेरा’ को सिक्वेलझैं देखिए पनि निर्देशक खनालले यसलाई सिक्वेल नभएको स्पष्ट पारेका छन्। “यो के घर के डेरा को सिक्वेल होइन,” खनाल भन्छन्, “घर र डेराको विषय उठाइएको भए पनि यो… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा कपिलवस्तुमा प्रस्तावित कन्या कलेजको अवलोकन, स्थानीयसँग अन्तरक्रिया

वैशाख ५, २०८२ – कपिलवस्तु:पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुग्नुभयो। उहाँले सो अवसरमा विद्यार्थी, अभिभावक र स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्था बारे जानकारी लिनुभयो। कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इञ्चार्ज बलदेव खनालले पनि सम्बोधन गर्नुभएको थियो।कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित उक्त कलेज विशेषगरी मुस्लिम, थारू र मधेसी समुदायका छात्रालाई लक्षित गरी स्थापना गर्न लागिएको हो। महिला हिंसा र सामाजिक असुरक्षाका कारण… पुरा पढौ

६ जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा सिफारिसमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीको नाम समावेश गरिएको छ। सिफारिस गरिएका डिआइजीमध्ये: चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), लाजिम्पाटमा, लालमणि आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा, कृष्णहरि शर्मा पोखरेल बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा, दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा, राजन अधिकारी कोशी प्रदेश प्रहरी… पुरा पढौ

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुर क्रिकेट स्टेडियमको अनुगमन

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको छड्के अनुगमन गर्नुभएको छ। बिहीबार मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले निर्माण कार्यको प्रगतिबारे जानकारी गराएका थिए। उपप्रधानमन्त्री सिंहले वैशाख २४ गतेभित्र काम सक्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। उनले तीन सिफ्टमा काम भइरहेको र आवश्यक परे जनशक्ति थप गरेर तोकिएको समयमै… पुरा पढौ

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन तथा यज्ञ कुण्ड खनन सम्पन्न

पोखरा, विरौटा – पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत एकै दिन तीन महत्वपूर्ण धार्मिक कार्यहरू—क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनन—विधिपूर्वक सम्पन्न भएका छन्। यसअघि, गत फागुन २३ गते महायज्ञको लागि प्रारम्भिक भूमिपूजन सम्पन्न गरिए तापनि विविध कारणले महायज्ञ स्थल परिवर्तन गर्नु परेको थियो। नयाँ स्थलको रुपमा पोखरा–६, लेकसाइडस्थित बाराहीघाट चयन गरिएपछि आज बिहान त्यहाँ विधिपूर्वक क्षमा पूजन सम्पन्न भएको हो। त्यसपछि, श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन गरिने श्री सिद्धेश्वर हरिहर मन्दिरको प्रांगणमा आज बिहान… पुरा पढौ

गायिका रेजिना परियारको ‘दरौँदी खोला’ पञ्चेबाजा गीत सार्वजनिक

नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै गएको छ। लोपोन्मुख यस सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न विभिन्न निकाय संरक्षण अभियानमा जुटिरहेका छन्। यसै क्रममा लोकदोहोरी क्षेत्रका कलाकारहरूले पनि पञ्चेबाजा गीतमार्फत सांस्कृतिक जगेर्नामा हातेमालो गरिरहेका छन्। यस्तै एक प्रयास स्वरूप गायिका रेजिना परियार र गायक हरिराम परियारको स्वरमा रहेको ‘दरौँदी खोला’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गरिएको छ। वैशाख महिनाको विवाहको सिजनलाई लक्षित गर्दै गीत तयार पारिएको हो। गीतका शब्द हरिराम परियारले लेखेका हुन् भने संगीत रबिन लामिछानेले भरेका छन्। भिडियोमा सुमन… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको ५१ औँ दिनमा, ग्रस कमाइ पाँच करोड नाघ्यो

शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। अहिले पनि दर्शकको उल्लेखनीय उपस्थिति कायम रहेको छ भने, चलचित्रले हालसम्म पाँच करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ देशभरका १३ सिनेमा हलमा ५१ औँ दिन मनाइरहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए। उच्च अकुपेन्सीसहित प्रदर्शन जारीचलचित्रले रिलिजको पहिलो दिनमै एक करोड १० लाख रुपैयाँको ग्रस कमाइ गरेको थियो। श्रेष्ठका अनुसार, “चलचित्रले राम्रो दर्शक प्रतिक्रिया पाइरहेको… पुरा पढौ

बागलुङमा लुटपाट गर्ने युवा पक्राउ

बागलुङ, वैशाख ४जिल्ला प्रहरी कार्यालय बागलुङले जैमुनी नगरपालिका–१ शिवपुरीस्थित एकान्त स्थानमा नगद लुटपाट गर्ने एक युवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जैमुनी नगरपालिका–२ की माया सापकोटा कुश्मीशेरा बजारतर्फ जाँदै गर्दा उनी पानी खान रोकिएको अवस्थामा सोही नगरपालिका–२ का २२ वर्षीय सुवास सार्कीले सापकोटाको साथमा रहेको नगद ३५ हजार रुपैयाँ लुटेर फरार भएका थिए। घटनापछि तत्काल परिचालन गरिएको प्रहरी टोलीले मालढुंगा चेकपोस्टमा चेकजाँच गर्ने क्रममा लुटिएको नगद ३५ हजार रुपैयाँसहित अभियुक्त सार्कीलाई पक्राउ गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका… पुरा पढौ

‘जनतासँग माओवादी’ अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न

परासी, वैशाख ३ –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधि, शिक्षाविद्, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले मुलुकको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक परिदृश्यमा देखिएका जटिल विषयबारे पार्टी नेतृत्व समक्ष जिज्ञासा राख्नुका साथै सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’… पुरा पढौ