डा. पुकार चन्द्र श्रेष्ठ दम्पतीको बिद्यामन्दिर मा.वि.मा विशेष स्वागत

-


     हिडन खबर    
     असाेज २४ गते २०८२ मा प्रकाशित


बागलुङ — बागलुङस्थित बिद्यामन्दिर माध्यमिक विद्यालयमा विद्यालयका पूर्वविद्यार्थी तथा शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र उहाँकी धर्मपत्नी नबिना श्रेष्ठको विशेष स्वागत गरिएको छ। विद्यालयमा उहाँहरूको आगमनले सम्पूर्ण विद्यालय परिवारमा उत्साह थपिएको थियो।

कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक तथा शिक्षक-शिक्षिका,र बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थितिमा स्वागत समारोह आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका समसामयिक गतिविधिहरू, शैक्षिक प्रगति, भौतिक पूर्वाधारको अवस्था तथा भावी योजनाहरूको बारेमा डा. श्रेष्ठ दम्पतीलाई जानकारी गराइएको थियो।

डा. श्रेष्ठले विद्यालयप्रतिको आत्मीयता व्यक्त गर्दै आफ्नो बाल्यकालका स्मृतिहरू साझा गरे बिद्यामन्दिर स्कुल बाट २०३४ सालमा एसएलसी परिक्षा दिएको ब्याच भएको हुदा आगामी दिनमा आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे थियो । उहाँले स्वास्थ्य क्षेत्रको अनुभव र अंग प्रत्यारोपणको संवेदनशीलता सम्बन्धी विषयमा संक्षिप्त जानकारी दिँदै विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश पनि दिनुभयो। धर्मपत्नी नबिना श्रेष्ठले विद्यालयको वातावरण र व्यवस्थापनप्रति प्रशंसा व्यक्त गर्दै शिक्षाको महत्वमा जोड दिनुभयो।

विद्यालय प्रशासनले डा. श्रेष्ठ दम्पतीप्रति हार्दिक आभार प्रकट गर्दै यस्ता प्रेरणादायी भेटघाटले विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी लगायतका बक्ताहरूले बिद्यालयले गरेको शैक्षिक प्रगति उल्लेखनीय भएपनि त्यसलाई नयाँ सुचना प्रविधि संग खेल्न नसकेको हुदा समय अनुसार चल्न जरुरी रहेको धारणा राखेका थिए ।