
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय तथा आवश्यकताअनुसार समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलहरू, अन्य वामपन्थी तथा प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयमा गहन छलफल जारी छ।
यद्यपि, कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय वा टुंगो भइसकेको छैन। विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति तथा संघर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ।
इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षहरूसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै विषयमा टुंगो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत गरिएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं।












