डा. तरुण पौडेल चिकित्सा कोषको १३औं वार्षिकोत्सव तथा १०औं सम्मान/पुरस्कार कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     असाेज २५ गते २०८२ मा प्रकाशित


काठमाडौं — डा. तरुण पौडेल चिकित्सा कोषको १३औं वार्षिकोत्सव तथा १०औं सम्मान/पुरस्कार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न योगदानकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो।

स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानित गरिने यस कार्यक्रममा निम्न व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो:

  • प्रा. डा. पुकारचन्द्र श्रेष्ठ
  • अनमी जानकी पुजारा (बैतडी)
  • सि.अ.हे.ब. जयप्रकाश कोइरी (पोखरा)
  • समाजसेवी रेवतीरमण पौडेल तथा शान्ता देवी पौडेल (लेखनाथ)
  • समाजसेवी अनुपमान सैंजु तथा रारा सैंजु (बुटवल)

त्यस्तै, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी मौसम थापा र सुरेश पौडेल लाई पनि पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी सबै सम्मानित व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै, स्वास्थ्य क्षेत्रमा अझ प्रेरित भएर योगदान दिन आग्रह गरिएको थियो।

यस पवित्र कार्यको सुरुवात र निरन्तरताका लागि कोषको स्थापना गरी निरन्तर सहयोग पुर्‍याउँदै आउनु भएका प्रा. डा. तरुण पौडेललाई विशेष धन्यवाद व्यक्त गरिएको थियो।