सुवास आचार्य, बागलुङबागलुङमा अठारौँ गणतन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रमहरूको आयोजना गरी मनाइने भएको छ। जिल्ला समन्वय समितिका संयोजक तथा गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक अमर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। समितिको निर्णयअनुसार जेठ १४, १५ र १६ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक गाड्ने, साँझ दीप प्रज्ज्वलन गर्ने, रक्तदान, बालबालिकालाई स्टेशनरी सामग्री वितरण, संवाद कार्यक्रम लगायतका गतिविधि गरिनेछ। जेठ १४ गते बिहान ७ बजे बागलुङ नगरपालिकाको संयोजनमा ऐतिहासिक पार्कबाट सुरु गरी बागलुङ बजार क्षेत्रका…
पुरा पढौ