
बागलुङ माघ १
बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो।
बुधबारको कार्यक्रममा कलाकार राजन कार्की र सुनिता सुनारले प्रस्तुति दिएका थिए। साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो।
बिहीबार मूल समारोहको दिनमा चन्द्र ढकालद्वारा माघे संक्रान्ति मेलाको उद्घाटन हुने कार्यक्रम तय भएको छ।
त्यस अवसरमा कलाकार रचना रिमाल, तेजेश रेग्मीको मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ।












