दुर्गेश थापा र सिमरन परियार दक्षिण कोरिया जाँदै

-


     हिडन खबर    
     माघ ३ गते २०८२ मा प्रकाशित


तनहुँ समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनाल २०२६ को अवसरमा आयोजना गर्न लागेको ‘सेती–मादी सांगीतिक सौगात भाग–२’ कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति हुने भएको छ।

कार्यक्रममा बहुचर्चित गायक दुर्गेश थापा (‘दुश्मन हेरेको हेर्यै’) र लोकप्रिय गायिका सिमरन परियार (‘पानी परेको तिम्रो याद आयो’, ‘बेसी झरेको’) विशेष आकर्षण रहनेछन्। साथै The Voice of Nepal बाट उदाएका प्रतिभाशाली गायक प्रदीप राई र उदयमान गायिका योजना राई पनि प्रस्तुत हुनेछन्।

आयोजकले “आपसी सहयोग, सद्भाव र एकता, हामी प्रवासीको आवश्यकता” भन्ने नारासहित कार्यक्रमलाई प्रवासी नेपालीबीच भेटघाट, एकता र सांस्कृतिक आदान–प्रदानको अवसरका रूपमा लिएको छ।