समाचार

अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा शर्मालाई बागलुङ कलाकार समाजको बधाई तथा भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौँ, जेठ १४ –अन्तर्राष्ट्रिय बागलुङ समाजका नवनिर्वाचित अध्यक्ष गंगा शर्मालाई बागलुङ कलाकार समाज नेपालले विशेष सम्मान गर्दै राजधानी काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गरेको छ। "बधाई ज्ञापन तथा भेटघाट कार्यक्रम – २०८२" शीर्षकको सो समारोह काभेरी रेस्टुरेन्ट, बसुन्धरामा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष शर्मालाई सम्मानित गर्दै बागलुङ कलाकार समाज नेपालका अध्यक्ष बसन्त थापाले समाजको रैथाने संस्कृति र गीत–संगीतको संरक्षणमा कलाकारहरूको भूमिका अतुलनीय रहेको बताए। कार्यक्रममा बोल्दै गंगा शर्माले, “अबदेखि अन्तर्राष्ट्रिय बागलुङ समाजको हरेक अधिवेशन बागलुङमै आयोजना गर्ने निर्णय गरिएको छ,” भन्दै… पुरा पढौ

गणतन्त्र दिवस २०८२ को अवसरमा प्रचण्डद्वारा शुभकामना सन्देश: “गणतन्त्रको रक्षा र विकासका लागि सहकार्य अपरिहार्य”

काठमाडौं, जेठ १५ – गणतन्त्र दिवस २०८२ को अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना सन्देश दिएका छन्। सन्देशमा अध्यक्ष दाहालले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र जनआन्दोलनमा सहभागी भई जीवन आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्। उनले नेपाली जनताको वीरता र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको उल्लेख गर्दै यो परिवर्तनले सम्पूर्ण उत्पीडित वर्गलाई समावेशी र… पुरा पढौ

‘द ब्ल्यू लाइट’मा अर्पण थापा अनुबन्धित, छायांकन जेठ २१ देखि सुरु

हिड्न खबर डट्कम काठमाडौं — केही दिनअघि थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’ मा अभिनेता अर्पण थापा प्रमुख भूमिकामा अनुबन्धित भएका छन्। साइकोलोजिकल थ्रिलर विधामा निर्माण हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गर्नेछन्। चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो निर्देशन डेब्यु हो। ‘द ब्ल्यू लाइट’ मा थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ। स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रमा रमन ग्रे सह–निर्माता रहनेछन्। चलचित्रको छायांकन जेठ २१ गतेदेखि सुरु… पुरा पढौ

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसमा दीप प्रज्वलन

बागलुङ — नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा मंगलबार साँझ बागलुङको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ। कार्यक्रम युनियन बागलुङको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै युनियनका केन्द्रीय परामर्श समिति सदस्य तथा बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्यले लोकतन्त्रको संरक्षणमा प्रेसको भूमिका अपरिहार्य रहेको बताए। "प्रत्येक परिवर्तनमा प्रेसको योगदान रहँदै आएको छ," उनले भने, "अहिले लोकतन्त्र विरोधी तत्वहरु सक्रिय भइरहेकाले प्रेसले अझ जिम्मेवार भूमिका खेल्नुपर्छ।" उनले प्रेस युनियनले पत्रकारितालाई पेशागत मर्यादा र स्वतन्त्रताको बाटोमा अघि बढाउनुपर्ने उल्लेख गरे। कार्यक्रममा युनियन… पुरा पढौ

कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

पोखरा, हिड्न खबर — पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको मधुर वाणीले भक्तजनलाई मन्त्रमुग्ध बनाइरहेको छ। भारतबाट सिधै पोखरा आइपुगेकी उनले बिहान भक्तजनसँग भेटघाट र दिनमा प्रवचन गर्दै हजारौँलाई भक्ति भावमा डुबाएकी छन्। नेपाली र हिन्दी भाषामा प्रवचन दिने उनको शैलीले धार्मिक चेतना थप सशक्त बनाएको छ। महायज्ञमा नेपालकी राधिका दासीसहित देश-विदेशका साधु–सन्तहरूले प्रवचन दिइरहेका छन्। विभिन्न संघसंस्था तथा भक्तजनबाट लाखौँ रुपैयाँको आर्थिक सहयोग प्राप्त भएको छ। यसैक्रममा सुरु भएको राष्ट्रव्यापी वक्तृत्वकला… पुरा पढौ

प्रचण्डद्वारा गोरखामा दुई भवनको उद्घाटन, संघीयता कार्यान्वयनबारे चिन्ता

गोरखा, जेठ १३ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको सहिद लखन गाउँपालिकास्थित प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको विकासप्रति आफू प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा समेत निरन्तर ध्यान दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “संघीयताको कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरी पहल गरेको… पुरा पढौ

सहिद लखन गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन

गोरखा, १३ जेठ २०८२ — प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा जिल्लाको सहिद लखन गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले समावेशी र सशक्त स्थानीय शासन निर्माणमा यस्तो संरचनाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। पुरा पढौ

कोटिहोममा भक्तजन र दानवीरहरूको उल्लेखनीय सहभागिता

पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको उत्तरार्धतिर जाँदा भक्तजन र दानवीरहरूको उपस्थिति उल्लेखनीय रूपमा बढ्दो छ। प्रवचन, भजन, हवन, वक्तृत्वकला प्रतियोगिता लगायतका आध्यात्मिक गतिविधिले कोटिहोमलाई धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्रमा रूपान्तरण गरेको छ। देश–विदेशबाट आएका साधु–सन्त, महन्तहरूका सन्देशले श्रद्धालुहरूमा उत्साह थपेको छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्तिजी महाराजको प्रेरणाले उनका गाउँ धुर्कोटका जनप्रतिनिधिहरूदेखि विद्यालयका प्रतिनिधिसम्मको सहभागिता देखिएको छ। बागलुङकी बढिगाउँ गाउँपालिका अध्यक्ष गण्डकी थापाले २ लाख १ हजार १ सय १२ रुपैयाँ सहयोग गर्दै दुई… पुरा पढौ

प्रेस युनियनको ३४औं स्थापना दिवसमा बागलुङमा फलफुल वितरण

बागलुङ। नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा बागलुङमा फलफुल वितरण गरिएको छ। धौलागिरी प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै सोमबार फलफुल वितरण गरिएको हो। प्रेस युनियन बागलुङ शाखाले स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा युनियनका अध्यक्ष संगम घर्तीमगर, केन्द्रीय सदस्य प्रदीप पन्त, पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तलगायत पत्रकारहरू सहभागी थिए। कार्यक्रममा केन्द्रीय सदस्य पन्तले प्रेस युनियन श्रमजीवी पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि निरन्तर लागिपरेको बताए। “पत्रकारको पेशागत मर्यादा कायम गर्दै अधिकारको संरक्षणमा प्रेस युनियन क्रियाशील… पुरा पढौ

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा बजार अनुगमन

काठमाडौं जेठ १२ बजारमा ब्यापार ब्यवसाय गरेर पनि आफ्नो ब्यवसाय दर्ता नगरेपछि चन्द्रागिरि नगरपालिका ६ नम्बर वडा कार्यालय स्थानीय तहको ऐन नियमको परिधिभित्र रहेर बजारका ब्यवसाय दर्ता भए नभएको अनुगमन गर्न शुरू गरेको छ । ६ नम्बर वडा भित्र ब्यवसायी गरेर बसेका ब्यवसायीहरूलेसंचालन गरिरहेकाे ब्यवसाय संबंधित वडामा दर्ता भए नभएको करको दायरामा आए नआएको वडाका  जनप्रतिनिधि, कर्मचारी ,पत्रकार सहितको टाेलीले अनुगमन शुरू गरेको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ ले जनाएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ विहिबार देखि जनप्रतिनिधि… पुरा पढौ