बागलुङ उद्योग बाणिज्य संघबाट गण्डकी प्रदेश अध्यक्षमा कडेल जिल्ला नगर तर्फ पाैडेल र केन्द्रमा राजभण्डारीलाइ उमेदवार

-


     सुवास आचार्य     
     माघ ४ गते २०८२ मा प्रकाशित



बागलुङ, माघ ३

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र र उद्योग बाणिज्य संघ गण्डकी प्रदेशमा तीन जनालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।

शनिवार सम्पन्न बैठकले आसन्न ९ आ‌ै नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशमा संस्थाका निवर्तमान अध्यक्ष नरेश कडेललाई महासंघ प्रदेश अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको छ।

संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

त्यस्तै, गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला नगरतर्फबाट सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरिएको छ। साथै, पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान केन्द्रीय सदस्य युवराज राजभण्डारीलाई आसन्न ६०औं वार्षिक साधारण सभा तथा अधिवेशनमा जिल्ला नगरतर्फ खुला केन्द्रीय सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरिएको महासचिव इन्द्रमणी पौडेलले जानकारी दिनुभयो।