
काठमाडौं ।माघ २
पूर्वकर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेस्रो वार्षिक साधारण सभा राजधानीमा शुक्रबार सम्पन्न भएको छ ।
कर्मचारी बदमाश छन् घुस खालान तर तिनिहरू संग देश र समाजको लागि चाहिने ज्ञान छ खारिएकाे दिमाग छ त्यसलाई उपयाेग गर्नुपर्ने
लाेक सेवा आयोगका पुर्व अध्यक्ष उमेश मैनालीले बताउनुभयो ।

अरू देशमा कर्मचारीकाे ज्ञान र अनुभव लाई लिने गरेको मात्र छैन कर्मचारी बाटै मन्त्री बनाउने गरेको उदाहरण भएको उहाँको भनाई थियो ।
आफ्नो हकहितको लागि कर्मचारी संगठन आवश्यक पर्ने महशुस गरेर सुखदुःखकाे साथी बनाउनुपर्छ भनी बनाएको अध्यक्ष केदार गाैतमले बताए ।

कार्यक्रममा कर्मचारी सन्चय काेषका प्रशासक जितेन्द्र धिताल नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष याेगेन्द्र कुमार कुवँर काेषका सह प्रशाशक जीवन कुमार कटुवाल पुर्व प्रशासक शशि विक्रम राणा कर्मचारी सञ्चय कोषका रामहरि गाैतम नेपाल वित्तीय कर्मचारी संस्थाका अध्यक्ष खिमबहादुर खड्का ,सार्वजनिक संस्थाका पुर्व कर्मचारी समाजका अध्यक्ष दिनेश विक्रम थापा ,लगायतका बक्ताहरले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे । कार्यक्रममा आजिवन सदस्य अर्जुन कुमार गाैतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ३५ जना आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।अहिलेसम्म काेषमा ९९ जनाले आजीवन सदस्यीयता लिइसकेका छन् ।एकजना आजीवन सदस्य भए बापत १० हजार शुल्क तिर्नुपर्ने ब्यवस्था गरिएको छ ।
कार्यक्रम पूर्वकर्मचारी मञ्च कर्मचारी सञ्चय कोषका अध्यक्ष केदारनाथ गौतमको अध्यक्षता, उपाध्यक्ष धर्म प्रसाद खनालको स्वागत, सदस्य सदस्य मधुसूदन अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पुर्व कर्मचारी मन्च कर्मचारी संचय काेषका अध्यक्ष केदारनाथ गाैतमले पुर्व कर्मचारीको हकहितको लागि लक्षित गरेर अक्षयकोष स्थापना गरेर काम अघि बढिसकेको काेषमा १ करोड रूपैया पुगेपछि त्यसको ब्याज बाट सहयोग गर्ने अक्षयकोषमा हाल १७ लाख रकम जम्मा भइसकेकाे छ । साधारणसभाले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ ।













