बागलुङको जैमिनी महाेत्सवमा भलिबल प्रतियोगिता सम्पन्न

-


     हिडन खबर    
     माघ ४ गते २०८२ मा प्रकाशित


बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको पाँच दिन शुक्रबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा कलाकार राजेश बर्देवा र शान्त रानी परियार वसन्त बास्तोला प्रस्तुति दिएका थिए । साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो।

कार्यक्रममा कलाकार लाेक दोहोरी गायिका समीक्षा अधिकारी मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ।