समाचार

प्रचण्डबाट ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ सुरु, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी

काठमाडौं, साउन १ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी चौरमा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गरेका छन्। कार्यक्रममा उनले स्वयंसेवकहरूसँग इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण र सरसफाइमा सहभागी भएर श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएका थिए। सम्बोधनमा अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको "उत्पादन ब्रिगेड"को निरन्तरता भएको बताउँदै युवालाई श्रम र स्वाभिमानी अर्थतन्त्र निर्माणमा अग्रसर हुन आह्वान गरे। उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै चेतावनी दिए, “यदि सरकार सुध्रिएन भने सडकबाटै आन्दोलन गरेर हटाउन बाध्य हुनेछौँ।”… पुरा पढौ

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सपना, संघर्ष, प्रेम र धोका झल्किएको छ। विवाहको दृश्यबाट सुरु हुने टिजरमा विजय बरालले निभाएको पात्रको कोरिया जाने सपना, त्यस क्रममा बुवासँगको विवाद र काठमाडौंमा आफ्नै गाउँलेबाट ठगिनुको कथा समेटिएको छ। सपनाको पछाडि लाग्दा कसरी अलमलमा परिन्छ भन्ने यथार्थ टिजरमा देखाइएको छ। चलचित्रमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापाको अभिनय छ।… पुरा पढौ

गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक, नाजिरको महिलाको रूपमा दमदार प्रस्तुति

काठमाडौं । चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माण पक्षले सोमबार एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरेको हो। गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ भने स्वर मनिषा पोखरेलको रहेको छ। गीतमा प्रेमिल भावना बोकेको व्यक्तिले आफूलाई पनि सच्चा माया गरिनुपर्ने माग गरिएको छ। मनबाट प्रेम गर्ने हो भने दुःख–सुखमा साथ दिइ प्रमाणित गर्नुपर्ने सन्देश गीतमार्फत दिइएको छ। गीतको भिडियोमा नाजिर हुसेनको विशेष प्रस्तुति देख्न सकिन्छ। महिलाको… पुरा पढौ

विकास र सिम्रनको आवाजमा ‘छम्म छम्म पाउजु’ सार्वजनिक

लन्डन — गायक विकास सुनार र गायिका सिम्रन परियारको आवाजमा तयार गरिएको डान्सिङ गीत ‘छम्म छम्म पाउजु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा यज्ञ विकको शब्द, विकास सुनारको संगीत र विमल छिनालको एरेन्ज तथा मिक्सिङ रहेको छ। अडियो ‘डाइनामिक स्टुडियो’ मा रेकर्ड गरिएको हो। भिडियो बेलायतको डडल्डोर र लन्डन आसपासका आकर्षक पर्यटकीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा कार्टुन क्रु की चर्चित नृत्याङ्गना आस्मा विश्वकर्मासँगै गायक तथा ‘क्युट सेलिब्रेटी’ भनेर चिनिएका प्रताप दास फिचर छन्। उनीहरूसँगै गायक विकास सुनार र… पुरा पढौ

विधेयक अवरुद्ध हुनुमा स्वार्थ समूहको चलखेल : अध्यक्ष प्रचण्ड

काठमाडौं, असार ३० – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र त्रिभुवन विमानस्थलको अध्यागमन प्रणालीमा देखिएको बेथिति प्रशासनिक कमजोरी नभई गम्भीर अनुसन्धानको विषय भएको बताएका छन्। संघीय संसदमा सम्बोधन गर्दै उनले विषय गम्भीररूपमा सतहमै आएको भन्दै निष्पक्ष छानबिनको माग गरे। उनले प्रमुख प्रतिपक्षका रूपमा संसद अवरुद्ध गर्नु बाध्यता भएको तर बजेट जस्ता विषयमा संसद चल्न दिएको बताए। प्रचण्डले निजामती सेवा, विद्यालय शिक्षा र नागरिकता विधेयकमा प्रतिपक्षले जिम्मेवार भूमिका खेलेको भन्दै, “स्वार्थ समूहको चलखेलले विधेयक समितिमै रोकिएको छ,” भने। पुरा पढौ

स्वास्थ्य प्राविधिक शिक्षाको भर्ना प्रक्रिया अन्योलमा, विद्यार्थी अन्योलमा

काठमाडौं, असार ३० स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चले स्वास्थ्यतर्फका प्राविधिक शिक्षाका कार्यक्रमहरूमा भर्ना प्रक्रिया अन्योलमा परेपछि देशभरका विद्यार्थीहरू अन्योलमा परेको जनाएको छ। नियमित रूपमा हरेक वर्ष सञ्चालन हुँदै आएका कार्यक्रमहरू यस वर्ष समयमा सुरु नहुँदा विद्यार्थीहरूको भविष्य अन्यिश्चित बनेको मञ्चको भनाइ छ। मञ्चका महासचिव निर्मल सापकोटाका अनुसार, “स्वास्थ्य प्राविधिक शिक्षा सरकारको उच्च प्राथमिकता भित्र पर्छ भन्ने भनाइ भए पनि व्यवहारमा त्यसको प्रभावकारिता देखिएको छैन। अहिले देशभरका सयौं विद्यार्थीहरू भर्ना खुल्ने आशामा बसेका छन्, तर सम्बन्धित निकायको ढिलासुस्तीका कारण उनीहरू निराश… पुरा पढौ

‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा चौरासियालाई कारागारको तारबारमाथि उभिएर चिच्याइरहेको जस्तो देखाइएको छ। उनको तल विराटनगर कारागार देखिन्छ भने अगाडि खैरो रंगको मनि ब्याग राखिएको छ। यी दृश्यहरू मिलेर उनी या त फिरौती तिर्दैछन् वा फिरौती उठाउँदैछन् भन्ने संकेत गर्छन्। तर पोस्टरमा प्रयोग गरिएको शान्त र निलो रंगको संयोजनले कथामा रहस्य र विरोधाभास थपेको छ। यसले दर्शकमा कौतुहलता बढाएको छ।… पुरा पढौ

ताराखोलामा बोलेरो दुर्घटना, १६ जना यात्रु सवार, एकजना गम्भीर घाइते

बागलुङ, असार २८ – ताराखोला गाउँपालिका–३ पिरेचामा बोलेरो गाडी दुर्घटना हुँदा १६ जना यात्रु सवार रहेकोमा एकजना गम्भीर घाइते भएका छन्। ताराखोलाको असारे मेलाबाट गल्कोट फर्कदै गरेको ग १ ज ७१८९ नम्बरको बोलेरो पिकअप जीप आइतबार राति करिब १० बजे सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटना पिरेचाको बगर नजिकै भएको हो। इलाका प्रहरी कार्यालय हरिचौरका अनुसार, गाडीमा सवार गल्कोट नगरपालिका–६ का प्रतिक श्रीस गम्भीर घाइते भई उपचारका लागि पोखरा रिफर गरिएको छ भने अन्य… पुरा पढौ

सर्वोत्कृष्ट उद्घोषणको अवार्ड शीतल शर्मालाई

काठमाडौँ, असार २८  –चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड–२०८२ अन्तर्गत फाइनल विजेता घोषणा, पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रम शुक्रबार काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भयो। उपमा सञ्चार प्रालि र तेज नेपाल मल्टिमिडिया प्रालिको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा उद्घोषक शीतल शर्मालाई सर्वोत्कृष्ट उद्घोषण विधामा अवार्ड प्रदान गरिएको हो। करीब दुई दशकदेखि उद्घोषण क्षेत्रमा सक्रिय रहेकी शर्माको देशभर विभिन्न मेला–महोत्सव तथा स्टेज कार्यक्रमहरूमा अत्यधिक माग रहँदै आएको छ। सम्मानित भएपछि उनले खुशी व्यक्त गर्दै भनिन्, "यो अवार्डले मेरो… पुरा पढौ

सीता दाहालको स्मृति दिवसमा अध्यक्ष प्रचण्ड मानव सेवा आश्रममा

काठमाडौं, असार २७ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वर्गीय सीता दाहालको स्मृति दिवसको अवसरमा रानीवनस्थित मानव सेवा आश्रम पुगेका छन्। माओवादी आन्दोलनकी अभिभावक सीता दाहालको सम्झनामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आश्रममा आश्रय लिइरहेका व्यक्तिहरूसँग आत्मीय भेटघाट गरेका थिए। उनले उनीहरूसँगै बसेर भोजन गराइदिएका थिए र स्वयं पनि उनीहरूसँगै भोजन गरेका थिए। कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री रहेको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक… पुरा पढौ