झिगुपाला सोसाइटीद्वारा विपन्न महिलालाई सिलाई मेसिन, खाना बनाउने मेसिन र फर्निचर सहयोग

-


     राजेशचन्द्र राजभण्डारी     
     वैशाख १७ गते २०८३ मा प्रकाशित


बागलुङ । क्यानाडाको झिगुपाला सोसाइटीले आर्थिक रुपमा कमजोर महिलाहरुलाई आयआर्जनमा जोड्न व्यवसायीक सामानहरु सहयोग गरेको छ ।सोसाइटीले उक्त सामान इनर हुइल क्लब अफ बालाजु मार्फत प्रदान गरेको हो ।

क्यानाडाको भ्यानकुवरमा रहेको सोसाइटीले विगत चार वर्षदेखि विपन्न महिलाहरुलाई विभिन्न व्यवसायिक सामानहरु प्रदान गरि महिला र उनीहरुको परिवारको जिवनमा समृद्धि ल्याउन सहयोग गरि रहेको छ ।

क्लबले चार जना महिलालाई सिलाई मेसिन र तीन जना महिलालाई खाना बनाउने ग्यास चुल्हो मेसिन र फर्निचर प्रदान गरेको हो ।

डिएनआर ज्ञानु श्रेष्ठले महिला सशक्तिकरण मार्फत समाजमा विभेद हटाउन मद्धत पुग्ने बताउनुभयो ।

कार्यक्रममा डिष्ट्रिक चियर मेन कमला श्रेष्ठ र संस्थापक अध्यक्ष प्रा. डा. कुमुदिनी बज्राचार्य शाक्यले मन्तव्य व्यक्त गरेकी थिएन् । साथै इनर हुइल क्लब अफ बालाजुकी सदस्य सोभिता श्रेष्ठले कविता वाचन गरेकी थिइन् ।

कार्यक्रम इनर हुइल क्लब अफ बालाजुकी अध्यक्ष मन्दिरा श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष स्वच्छा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।