समाचार

काठेखाेला गाउँपालिका हाँक्न एमालेका ५ आकाक्षी

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लाका विभिन्न स्थानीय तहहरुमा उमेदवार बन्नका लागि चर्चा परिचर्चा शुरू हुन थालेको छ । जिल्लाको सदरमुकाम सँग जोडिएको काँठेखोला गाउँपालिकाको अध्यक्ष पदमा उमेदवार बन्नका लागि नेकपा एमालेबाट ५ जना आकांक्षी देखिएका छन् । गाउँपालिकामा स्थानीय तहको पहिलो कार्यकालमा अध्यक्ष भएर गाउँपालिका हाँकेका अमर बहादुर थापाले पुन दोस्रो कार्यकालमा पनि आफ्नो बलियो उम्मेदवारी रहेको दावी गरेका छन् । हिडन खबर राजनीतिक ब्युरोसँग कुराकानी गर्दै थापाले आफु नेतृत्वको पहिलो कार्यकालमा सुरु… पुरा पढौ

हार्डवेयर गोदाममा भीषण आगलागी

तनहुँ जिल्लाको दमौलीस्थित एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार विद्युत् लाइन सर्ट भएको भुपाल हार्डवेयरमा आगलागी भएको बताइएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको स्थानीयले बताएका छन् । अहिले आगो नियन्त्रणको प्रयास जारी रहेको भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालल बताए । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ… पुरा पढौ

बागलुङ नगरपालिकाकाे मेयर बन्न कांग्रेसमा १० आकाक्षी

सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने तयारी गरेपछि सत्तारूढ दल नेपाली कांग्रेस पार्टीकाे ध्यान निर्वाचनमा जान थालेको छ ।कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहितकाे संयुक्त गठबन्धन हुने छनक भएपछि यसपटकको स्थानीय तहमासजिलोसँग बाजि मार्न सकिने भन्दै बागलुङ नगरपालिकाकाे मेयर बन्नकाे लागि ठूलो रस्साकस्सि चलिरहेको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि बागलुङ नगरपालिककाे नगर प्रमुख पदमा उमेदवार बन्न नेपाली कांग्रेसमा झण्डै एक दर्जन नेता आकांक्षी देखिएका छन् । बागलुङ नगरपालिककाे नगर प्रमुख पदमा उमेदवार बन्न… पुरा पढौ

पर्यटकीय नगरि रत्नेचौरमा सप्ताहव्यापी धार्मिक महोत्सव हुने

पछिल्लो समय तोरीबारिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको बेनी नगरपालिका–१ रत्नेचौरमा धार्मिक महोत्सवको आयोजना गरिने भएको छ । रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रम परिसरमा रहेको श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० सम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ सञ्चालन हुने महोत्सव आयोजक समितिका अध्यक्ष नेत्र बहादुर महतले बताउनुभयो। "लक्ष्मीहरि मन्दिर स्थापनाको २५औं रजत जयन्ती एवं संस्थापक जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको १०० बर्ष पुग्नु भएको अवसरमा अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ स्वरुप धार्मिक महोत्सव आयोजना गरिएको छ"… पुरा पढौ

एमसिसि सम्झौता खारेजीकाे माग गर्दै राष्ट्रिय जनमाेर्चा बागलुङकाे बिराेध सभा

संसद बाट हालै पारित भएको अमेरिकी प्राेजेक्ट एमसिसि सम्झौता खारेजी माग गर्दै राष्ट्रिय जनमाेर्चा नेपालले बागलुङ सदरमुकाममा विरोध प्रर्दशन गरेको छ ।प्रतिगमन आन्दोलनमा कांग्रेस सहितको गठबन्धनमा रहेको राष्ट्रिय जनमाेर्चाले बागलुङ सदरमुकामकाे लाेकतान्त्रिक चाेकमा अमेरिकी सहयोग प्राजेक्ट एमसिसि राष्ट्रघाती भएको हुदा यसलाई खारेज गर्नुपर्ने भन्दै काेण सभा गरेर विराेध गरेका हन् । एमसिसिकाे नाममा आउने ५५ अरब रूपैयाँ नेपालले लिन नहुने विकासकाे नाममा रकम आउने भनिएपनि यो सुरक्षा संग जाेडिएकाे सैन्य उदेश्य संग जाेडिएकाे राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनाेज भट्टले बताए… पुरा पढौ

निजामती कर्मचारी युनियनको केन्द्रीय पदाधिकारीमा साविक धौलागिरीबाट दुई जनाले मम्मेदवारी दिने

नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा साविक धौलागिरीबाट केन्द्रीय पदाधिकारीमा दुई जनाले मम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबारबाट सुरु हुने महाधिवेशनमा केन्द्रीय उप महासचिव र सचिवमा पर्वत र बागलुङका दुई जनाले उम्मेदवारी दिने तयारी गरेका हुन् । पर्वतको कुश्मा नगरपालिका ८ स्थाई ठेगाना भएका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य समेत रहेका इन्दु शर्माले उप महासचिव र बागलुङको बागलुङ नगरपालिका– १२ अमलाचौरका स्थाई घर भएका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य समेत रहेका जगत बहादुर पाठकले खुल्ला सचिवमा उम्मेदवारी… पुरा पढौ

बागलुङ नगरपालिकाको नगर प्रमुखमा एमालेबाट ७ आकाक्षी

आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको लागि साविक धौलागिरीको पहिलो नगरपालिका बागलुङ नगरपालिकामा मेयर पदको लागि चर्चा हुन थालेको छ । निर्वाचन आयोगले फागुन २६ सम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने कार्यतालिका सार्वजनिक गरे संगै बागलुङका प्रमुख राजनीतिदलमा निर्वाचन लड्नका लागि उमेदवारको चर्चा परिचर्चा हुन थालेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र बागलुङ नगरपालिकाको नगर प्रमुख बन्नको लागि एमालेका नगर कमिटी देखी… पुरा पढौ

बागलुङको अछतेदेखि नरेठाँटीसम्म सुरुङमार्गको अध्ययन हुँदै

सरकारले बागलुङको काठेखोला गाउँपालिकाको अछतेदेखि गलकोट नगरपालिका नरेठाँटीसम्म सुरुङमार्गको अध्ययन गर्ने भएको छ । चालू आर्थिक वर्षमा सुरुङमार्गको अध्ययनका लागि ४० लाख बजेट विनियोजन गरी अध्ययन गर्ने तयारी गरिएको हो । सडक विभागले सुरुङमार्गको अध्ययन गर्ने काम अघि बढेको जनाएको छ ।चालू आर्थिक वर्ष २०७८।०७९ मा हेम्जा, नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बागलुङ अछते–नरेठाँटी, कुलेखानी–भिमफेदी, खुर्कोट–चियाबारी, मझिस्टार–शक्तिखोर, थानकोट–चित्लाङ , प्रवास जोर्तेको सुरुङमार्गको अध्ययको काम अघि बढेको सडक विभाग अन्गर्तको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनका इन्जिनियर सौरभ बज्राचार्यले जानकारी दिए ।… पुरा पढौ

चैत २४ देखि चैत्राष्टमी मेला-२०७८ हुने 

काेराेना भाइरस महामारीले दुई वर्ष देखि प्रभावित भइरहेका मेला, महोत्सवहरु क्रमश पुरानो लयमा फर्कन थालेका छन् । गण्डकी प्रदेशमै ऐतिहासिक मेला मानिएको चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ। कोरोना महामारीका कारण २०७५ पछि रोकिएको मेला यो वर्ष सञ्चालन हुने भएको हो । चैत्राष्टमी मेला २०७८ को सञ्चालनका लागि समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेला मूल आयोजक समिति गठन गरेको छ । गुठि व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले आउँदो चैत २४ देखि २८ गतेसम्म… पुरा पढौ

स्कुल भ्यानको ठक्करबाट १८ महिने बच्चा घाइते

बागलुङ बजारको एक बिद्यालयको भ्यानले ठक्कर दिँदा १८ महिने एक बच्चा घाइते भएका छन् ।बागलुङ बजार स्थित अमर आदर्श बोर्डिङ स्कुलको ग २ ख ४८८६ नम्बरको भ्यानको ठक्करबाट बागलुङ नगरपालिका वडा नम्बर ३ रुम्टा निवासी कमल कटुवालका १८ महिने छोरा अंकित कटुवाल सामान्य घाइते भएका हुन । बिद्यार्थी लिएर बिद्यालयतर्फ फर्किने क्रममा बिहान ९ बजे कटुवालको घर अगाडि बच्चालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । घाइते बच्चाको मुखमा चोटलागेको र धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ठक्कर दिने सवारी… पुरा पढौ