बागलुङमा स्नोकर च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

- प्रतियोगितामा रोजित खड्काले प्रथम स्थान हासिल गर्दै नगद २५ हजार र प्रदीप श्रीष मगरले द्वितिय स्थान हासिल गर्दै १२ हजार हात पारेका थिए ।

-


     हिडन खबर    
     कार्तिक १९ गते २०७९ मा प्रकाशित


बागलुङ बजारमा रोयल स्नोकर प्रतियोगिता सम्पन्न भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ को सहयोग तथा रोयल स्नोकर हाउसको आयोजनामा शुक्रबार प्रतियोगिता सम्पन्न भएको हो ।

युवाहरूको रोजाइमा पर्ने स्नोकर खेलको विकास तथा प्रबर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागलुङ नगरपालिका वडा नम्बर-४ का वडा सदस्य तथा रोयल स्नोकर हाउसका सञ्चालक गोविन्द पुनले बताउनुभयो ।

वडाले युवाहरूलाई खेलमा जोड्दै एकताबद्ध बनाउने तथा आगामी दिनमा यस्ता खेलको विकासका लागि युवाहरूको माग अनुसार आयोजना गरिने तथा वडा भित्र आयोजित खेलहरुलाई सहयोग गरिने वडा सदस्य अर्जुन सापकोटाले बताउनुभयो ।

कार्तिक १६ गतेदेखि सञ्चालन गरिएको प्रतियोगितामा ४० जना खेलाडीको सहभागीता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४० जनालाई पछि पार्दै रोजित खड्का प्रथम स्थान हासिल गर्दै नगद २५ हजार र प्रदीप श्रीष मगर द्वितिय स्थान हासिल गर्दै १२ हजार हात पारेका थिए ।

विजयी रोजित खड्का र प्रदीप श्रीष मगर

प्रतियोगिताको समापन तथा पुरस्कार वितरणमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागलुङ नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले युवाहरु खेल सँगै उत्पादनमा जोडिनुपर्ने र त्यसका लागी वडाले आफ्नो तहबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । “युवा भनेको समाजको सबैभन्दा ठूलो शक्ति हो यदि हामी समाज बिकास गर्ने हो भने युवालाई खेल सँगै समाज विकासमा लागाउनु पर्ने छ” , पछिल्लो समयमा युवाहरू विदेश पलायन हुने क्रम बढेकाले यसतर्फ सबैको चासो हुनुपर्ने अध्यक्ष क्षेत्रीको भनाइ रहेको छ ।

स्नोकर खेलका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगी गराउन यस्ता खालका प्रतियोगिता सहयोगी हुने क्षेत्रीको भनाइ रहेको छ ।