
मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका मनिष कंडेलको उपचारका लागि मालिका समाज जापानले सहयोग रकम हस्तान्तरण गरेको छ ।
समाजको तर्फबाट पीडित परिवारका सदस्य सीता सापकोटालाई नगद ३० हजार सहयोग रकम हस्तान्तरण गरिएको हो ।
न्यून आर्थिक अवस्था भएका कंडेलको उपचारमा धेरै रकम आवश्यकता पर्ने भएकाले उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको मालिका समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटाले बताउनुभयो ।
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर-६ विहुं निवासी कंडेलको कार्तिक १७ गते दुर्घटनामा परि गम्भीर घाइते भई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा भेण्टिलेटरमा राखी उपचार भइरहेको छ ।
“मालिकाको काख धौलागिरीको छायाँ, जहाँ गएपनि, जहाँ रहेपनि जन्मभुमिको माया” भन्ने मुल नाराका साथ सन २०१६ मा स्थापना भएको मालिका समाज जापानले समाजमा विभिन्न अभियानमा समेत सहयोग गर्दै आइरहेको र यो अभियानलाई निरन्तर गरिरहने अध्यक्ष सापकोटाले बताउनुभयो ।









