
मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि
राजनीति पार्टीहरूले समानुपातिक सुचिमा दर्ता गरेका उमेदवार काे नाम सार्वजनिक गरेपछि समानुपातिक सुचिमा परेका उमेदवारहरू समेत बागलुङमा प्रचारप्रसारमा हिडिरहेका छन् ।
बागलुङ बाट यसपटक प्रमुख राजनीति दल र अन्य साना दलबाट एक दर्जनभन्दा बढी नेता तथा पहुँच वाला ब्यक्तिकाे नाम बन्द सुचिमा पार्न सफल भएको देखिन्छ ।बागलुङ बाट ६ जना महिला र ७ जना पुरूषकाे नाम निर्वाचन आयोगले राखेको बन्द सुचिकाे अन्तिम नामावलीमा समावेश भएपछि बन्द सुचिमा नामावली भएका नेताहरू चुनावी अभियान हिडिरहेका छन ।
नेपाली कांग्रेस ,नेकपा एमाले ,नेपाल कम्युनिस्ट पार्टी माआेवादी केन्द्र ,राष्ट्रिय जनमाेर्चा ,नेपाली कांग्रेस बिपी ,राष्ट्रिय स्वतन्त्र पार्टी ,राप्रपा लगायत पार्टीको बन्द सुचिमा नाम परेका ब्यक्तिहरू मंसिर ४ गते हुने समानुपातिक निर्वाचनमा आफ्नो पार्टी लाई मत माग्दै मतदाताको घर दैलाेमा पुगिरहेका छन् ।
यसपटक नेकपा एमालेले समानुपातिक सुचिमा नेपालका धनाद्य प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन प्रतिनिधि सभाकाे समानुपातिक सुचिमा जनजाति काेटा बाट १ नम्बरमा परेका छन् यस्तै एमाले कै पुराना नेता माेहनलाल शर्मा र अर्का नेता बाबुराम नेपाली यसपटकको समानुपातिक सुचिमा पर्न सफल भएका छन्
।यस्तै माआेवादी केन्द्र बाट वर्तमान शिक्षा मन्त्री देवेन्द्र पाैडेल बागलुङको क्षेत्र नम्बर २ बाट प्रत्येक्षमा र उनका श्रीमती वलावती शर्मा प्रतिनिधि सभाकाे समानुपातिक सुचिमा ३ जनाको नाम सिफारिस भएकोमा पाैडेलकी श्रीमती १ नम्बरमा पर्न सफल भएका छन् ।माआेवादी केन्द्र बाटै निरमाया श्रीस ,भविकला राेका घर्ती ,समानुपातिक सुचिमा परेका छन् ।
यस्तै नेपाली कांग्रेस बाट भीम श्रीस ,रेणुका काउचा प्रतिनिधि सभाकाे लागि समानुपातिक सुचिमा पर्न सफल भएका छन् ।
राष्ट्रिय जनमाेर्चा बाट लक्ष्मी बाँस्कोटा, राप्रपा बाट देवीप्रसाद कडेल, नेपाली कांग्रेस बिपी बाट धना आचार्य , राष्ट्रिय स्वतन्त्र पार्टी बाट महेन्द्र खड्का र पार्टी अध्यक्ष गणेश पाैडेल ,यसपटक समानुपातिक सुचिमा परेपछि निर्वाचन प्रचारप्रसारमा लागेका छन् ।
अहिलेसम्म समानुपातिक सुचिमा परेका १३ जना मध्य प्रमुख राजनीति पार्टी बाट कतिजनाले अवसर पाउने हाे त्याे हेर्न केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।











