बागलुङका कृषकलाई धान काट्ने चटारो

-


     राजेशचन्द्र राजभण्डारी    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित


मंसिर ४ गते हुने निर्वाचनमा उमेदवार बनेका नेताहरूलाई यतिबेला मतदानकोमा पुगेर भाेट माग्ने चटारो छ भने अहिले त्योभन्दा पनि ठूलो चटारो नेपाली किसानलाई छ ।
नेपालीहरूकाे महान चाडपर्व दशै र तिहार सकिए लगत्तै बागलुङका किसानलाई धान काट्न भ्याइनभ्याई छ ।चाडपर्व सकिन नभ्याउदै असारमा राेपेकाे धान खेतमा पाकेपछि धान काट्ने चटारो छ यतिबेला ।

नेपालीहरूकाे दाेस्राे ठूलो चाड तिहार सकिए लगत्तै बागलुङका किसानलाई असारमा राेपेकाे धान काट्ने चटारोले छाेेपेकाे छ ।
असारमा राेपेकाे गाैरीया धान यतिबेला खेतमा पहेलो गरि पाकेपछि सबै काम कुरा थाती राखेर धान भित्र्याउनकाे लागि
खेतमा धान काट्न ब्यस्त देखिन्छन् ।

बागलुङ नगरपालिका वडा नम्बर ३ र ८ मा असार महिनामा राेपेकाे गाैरीया जातकाे धान अरू जातकाे धान भन्दा छिटो पाकेकाे हुदा अरम परम गरेर धान काट्न शुरू गरेको स्थानीय किसान नरमाया बिश्वकर्माले बताए ।

चाडपर्व सकिन नभ्याउदै असारमा लगाएको धान वालि पाकेपछि धान काट्न भ्याइनभ्याई भइरहेको अहिले वरपरका छर छिमेकी अरमपरम गरेर धान काट्ने काम भइरहेको स्थानीय कृषक बबिना बिश्वकर्माले बताए ।

बागलुङ जिल्लामा लगाइएका अरू जातका धान पाक्न भने अझै दुई साता लाग्ने भएकोले अहिले छिटो पाकेको बाली भित्र्याउने तरखरमा किसानहरू लागिपरेका छन् ।
जिल्लामा पछिल्लो समय सुधारीएको जेठो बुढो खुमल–४,राधा–७,लुम्ले–२ गाैरीया ,जरनेली ,गुरूरा , लगायतका स्थानीय जातका धान लगाउदै आएका छन् ।कृषि ज्ञान केन्द्रका अनुसार उन्नत बीउको प्रयोग,मलखाद प्रयाप्त र्आपूर्ति कीटनाशक औषधीको प्रयोगजस्ता कारणले उत्पादन बढ्ने जनाएको छ ।

जिल्लाको कुश्मीसेरा, अर्जेवा, नारायणस्थान, जैदी, हरिचौर, हटिया, खर्वाङ, नरेठाँटी र बागलुङ नगरपालिका धान खेतीका लागि पकेट क्षेत्रकाे रूपमा लिने गरिन्छ ।

गत बर्ष एक मुरी धान ६ हजार रूपैयाँमा बिक्रीवितरण भएकोमा तराई लगायतका ठाउँबाट आउने चामलको मुल्य बढेको भन्दै कृषकले एक मुरी धानमा १ हजार मुल्य बढाइ ७ हजार निर्धारण गरेका छन् ।