
बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना युवा घाइते भएका छन् ।
जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर-१ गणेशघुम्ती नजिकै विपरीत दिशाबाट आउँदै गरेका २ वटा मोटरसाइकल एक आपसमा ठोकिँदा २ जना घाइते भएका हुन ।
मालढुङ्गाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ध २ प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारबाट मालढुङ्गा तर्फ जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालक घाइते भएका हुन ।
घाइते हुनेमा काठेखोला-५ बिहुँका वर्ष १९ को मनिष कंडेल र कुश्मा नगरपालिका-१० पिपलटारीका वर्ष २३ को रोहित भुषाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी बरिस्ठ नायव निरिक्षक राजकुमार केसीले बताए ।
घाइते दुबैको अवस्था गम्भीर रहेकाले पोखरा रेफर गरिएको धौलागिरी अस्पतालले जनाएको छ ।









