समाचार

गुठी संस्थानका अध्यक्ष रमेश पोखरेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्वागत

बागलुङ माघ २६ गुठी संस्थान प्रधान कार्यालयका अध्यक्ष श्री रमेश पोखरेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिले औपचारिक कार्यक्रमका बीच स्वागत कालिका भगवती मन्दिर मायाको चिनाे स्वरूप प्रदान गरिएको थियोे । कालीका भगवती मन्दिरको दर्शनको लागि बागलुङ आउनुभएका गुठी संस्थानका अध्यक्ष पाेखरेललाई मन्दिर परिसरमा स्वागत गरिएको थियोे । स्वागत कार्यक्रममा कालिका भगवती गुठी व्यवस्थापन समितिका सचिव सचिन खड्का लगायतका पदाधिकारी, सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। समितिले आगामी दिनमा गुठी व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै धार्मिक आस्था र सांस्कृतिक… पुरा पढौ

आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेस प्रदेश (क) जुट्यो

प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ का उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश सभा (क) ले समन्वय तथा परिचालन समिति गठन गरेको छ। नेपाली काँग्रेस क्षेत्र नं. १ (क) का अध्यक्ष हरीबहादुर जिसी ‘सन्तोष’ को अध्यक्षतामा आइतबार बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन विभिन्न तहसम्म पुग्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ। प्रदेश सभा (क) का अध्यक्ष हरीबहादुर जिसीका अनुसार क्षेत्र, नगर, पालिका तथा वडा तहसम्म पार्टीका कार्यकर्तालाई… पुरा पढौ

जेन्जीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन्, हामी नै गर्छौं : प्रचण्ड

संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा पुगेर भेट गरेका छन्। संयोजकसँगको भेटमा उनीहरूले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले जेन्जीका मुद्दाहरूलाई घोषणापत्रमा समावेश गर्नुपर्ने माग राखेका छन्। साथै, पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। जेन्जी संयुक्त आन्दोलनका युवाहरूका माग र विषयहरू सुनेपछि संयोजक प्रचण्डले जेन्जी आन्दोलनले उठाएका मुद्दाहरू नेपाली कम्युनिस्ट पार्टीकै मुद्दा भएको स्पष्ट पारे। उनले भने, “२३ गते जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौं। पुरा पढौ

‘शिवांश : च्याप्टर १’ को ट्रेलर

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ।  अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक गतिविधि समेटिएको छ। जोगीको भेषमा कतिपय व्यक्ति कसरी अपराधमा संलग्न हुन्छन् भन्ने विषयलाई ट्रेलरले देखाएको छ।  बाहिरबाट हेर्दा सांसारिक मोह त्यागेर सादगी जीवन बिताइरहेको त्यागी देखिए पनि भित्रको क्रुर मानसिकता र व्यवहार कति डरलाग्दो हुन्छ भन्ने कुरा ट्रेलरले स्पष्ट पारेको छ। जोगीको… पुरा पढौ

बागलुङमा ११५ थान अवैध भरुवा बन्दुक बरामद

बागलुङ । बागलुङमा निर्वाचन लक्षित सुरक्षा योजनाअन्तर्गत ११५ थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो ४५ दिनमा सञ्चालन गरिएको विशेष अभियानमार्फत उक्त संख्यामा भरुवा बन्दुक बरामद गरेको हो। वनजंगलमा हुने चोरी–सिकारीलाई नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो। इजाजतपत्र बिना लुकाइ–छिपाइ राखिएका भरुवा बन्दुक संकलन गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बरामद भएका अधिकांश बन्दुक स्थानीय स्तरमै बनाइएका… पुरा पढौ

४० वर्षको निरन्तर संघर्षपछि राम पल्टन शाह प्रतिनिधिसभा उम्मेदवार

धनुषा माघ २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम पल्टन शाहको उम्मेदवारीलाई पार्टीभित्र मात्र होइन, बाहिर पनि व्यापक सकारात्मक रूपमा हेरिएको छ। करिब चार दशकसम्म राजनीति र सामाजिक सेवामा निरन्तर समर्पित रहनु भएका शाह पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नु भएको हो, जुन उहाँको दीर्घ सार्वजनिक यात्राको महत्वपूर्ण उपलब्धि मानिन्छ। विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिक यात्रा संगठन निर्माण, लोकतन्त्रको संरक्षण तथा जनअधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै अघि बढेको देखिन्छ। कठिन… पुरा पढौ

नेपाली कम्युनिस्ट पार्टी निर्वाचन परिचालन समिति सचिवालय बैठक सम्पन्न, केन्द्रीय कमिटी माघ २२ मा बस्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक प्रचण्डको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा सचिवालय सदस्यहरूले निर्वाचन तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदन सुनेपछि संयोजक प्रचण्डले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा व्यक्त गरे। बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बोलाउने निर्णय गर्‍यो। साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्र सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता… पुरा पढौ

नयाँ पुस्ता (Gen Z) र राष्ट्रका नाममा अध्यक्ष प्रचण्डको सम्बोधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पुस्ता (Gen Z) र राष्ट्रलाई सम्बोधन गर्दै युवाहरूलाई स्वतन्त्र चिन्तन र परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरेका छन्। प्रचण्डले आफ्नो सम्बोधनमा आफू केवल एक नेताको रूपमा नभई एक बाबु, एक योद्धा र देशको माटोमा रगत–पसिना मिसाएको साधारण नागरिकको रूपमा प्रस्तुत भएको बताए। उनले विगतका संघर्ष र बलिदानलाई स्मरण गर्दै हजारौँ शहीदहरूको सपना पूरा गर्ने जिम्मेवारी अझै बाँकी रहेको स्पष्ट पारे। उनले भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारका लागि युवाहरूले उठाएका… पुरा पढौ

पत्रकार विजय कुसवाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

मधेस प्रदेशका वरिष्ठ पत्रकार तथा विजयपथ डट कम का प्रधान सम्पादक विजय कुसवाह माघ १७ गते पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ। नेपाली कांग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य, मधेस प्रदेश अध्यक्ष तथा जनता टिभी र हिमालय टिभीका मधेस ब्यूरो प्रमुख भइसकेका कुसवाहलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले स्वागत गरेका छन्। पुरा पढौ

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितका एकता पक्षधर नेता–कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन्। आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा उनीहरू औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा… पुरा पढौ