कलंकीमा निःशुल्क आँखा परीक्षण शिविर सुरु

-


     हिड्न खबरदाता     
     असाेज ४ गते २०८३ मा प्रकाशित


काठमाडौं ।असाेज ४

लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालको आयोजनामा निःशुल्क आँखा परीक्षण तथा परामर्श कार्यक्रम सुरु गरिएको छ।

राजधानीको व्यस्त क्षेत्र कलंकीस्थित हनुमान मार्केटमा आइतबारदेखि सुरु भएको आँखा परिक्षण कार्यक्रम एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ। परिक्षण कार्यक्रममा सहभागी सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण, आवश्यक परामर्श तथा आँखासम्बन्धी समस्याबारे विशेषज्ञ सुझाव प्रदान गरिनेछ।

क्लबकी सचिव पुष्पाञ्जली वाग्लेका अनुसार समुदायमा आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा प्रारम्भिक अवस्थामै आँखासम्बन्धी समस्याको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

पूर्ण दृष्टि तथा आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको दैनिक बिहान ७ बजेदेखि सेवा उपलब्ध गराइने जनाइएको छ। आँखा परिक्षण कार्यक्रम आगामी असोज १० गते (सेप्टेम्बर २६) सम्म सञ्चालन हुनेछ।

आँखासम्बन्धी समस्या भएका तथा परीक्षण गराउन चाहने सर्वसाधारणलाई सहभागी भई निःशुल्क सेवा लिन आयोजकले आग्रह गरेको छ।