लायन्स क्लबका संयुक्त पदस्थापन समारोह, नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण

-


     राजेशचन्द्र राजभण्डारी     
     असाेज ४ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज ४

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्य अभिषेक (Induction & Joint Installation Ceremony) कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ।

डिस्ट्रिक्ट ३२५ के अन्तर्गत रिजन तथा जोनका पदाधिकारीहरूको समन्वयमा हुन लागेको कार्यक्रममा विभिन्न लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा पदस्थापन गरिनुका साथै नयाँ सदस्यहरूको अभिषेक गरिएकाे आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर लायन रमेश अधिकारी बिशिस्ट अतिथिहरू फस्ट भाइस गभर्नर बिष्णुहरि फुयाल ,सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपालीले बर्ष २०२६/२७ का लायन्स क्लबका नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई पदस्थापन गराउनु भएको थियो ।

कार्यक्रममा गभर्नर रमेश अधिकारीले रसुवा लगायतका ठाउँमा गएको बाढी पहिरो बाट पीडित ब्यक्तिहरूकाे लागी लायन्स क्लबले भरपुर सहयोग गरेको राहत लगायतका क्षेत्रमा उल्लेखनीय भुमिका खेलेको कारण लायन्स प्रति यतिबेला सबै सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रम आइतबार चाबहिलस्थित डम्पा कम्प्लेक्सको छैटौं तलामा रहेको इलिका रेष्टो एन्ड ब्याङ्क्वेटमा सञ्चालन भएको थियो ।

रिजन चेयरपर्सन नवराज चालिसे र राजिन पनेरुको संयोजनमा आयोजना भएको कार्यक्रममा जोन नम्बर २० की जोन चेयरपर्सन पुष्पाञ्जली श्रेष्ठ, जोन नम्बर २३ की जोन चेयरपर्सन निशा श्रेष्ठ तथा जोन नम्बर २४ का जोन चेयरपर्सन राजन श्रेष्ठको विशेष सक्रियता रहेकाे थियो ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले कार्यक्रममार्फत सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने, क्लबबीचको सहकार्य सुदृढ गर्ने तथा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै आगामी वर्षका कार्यक्रमहरूलाई गति दिने अपेक्षा गरेको छ।

‘Leading With Purpose’ भन्ने मूल नारासहित सञ्चालन भएको कार्यक्रममा लायन्सकर्मी, समाजसेवी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूको सहभागिता रहेकाे आयोजकले जनाएको छ।