समाचार

बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री–वितरण नगर्न निगमको निर्देशन

बागलुङ। नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल आदि) बोतल तथा जेरिक्यानमा बिक्री–वितरण नगर्न पेट्रोलियम डिलर्सहरूलाई निर्देशन दिएको छ। निगमका अनुसार पछिल्लो समय विभिन्न स्थानका केही पसल तथा व्यक्तिहरूले पेट्रोलियम पदार्थ बोतल तथा जेरिक्यानमार्फत बिक्री–वितरण गरिरहेको भन्ने जानकारी प्राप्त भएको भन्दै यसप्रति ध्यानाकर्षण भएको जनाएको छ। अत्यन्त ज्वलनशील पेट्रोलियम पदार्थ बोतल तथा जेरिक्यानमा बिक्री–वितरण गर्दा आगलागी तथा विस्फोट जस्ता दुर्घटनाको सम्भावना बढ्ने भएकाले यस्तो कार्य नगर्न निगमले आग्रह गरेको हो। निगमका डिपो कार्यालयले आफ्ना सदस्य तथा सम्बन्धित सरोकारवालालाई… पुरा पढौ

निर्वाचनमा मतदान गर्ने मतदातालाई नेपाली कांग्रेस बागलुङ–१ को धन्यवाद

बागलुङ। प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आभार व्यक्त गरेको छ। मिति २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने सम्पूर्ण मतदाता, शुभेच्छुक र समर्थकप्रति नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १, सभापति चण्डी प्रसाद शर्माले बागलुङको निर्वाचन परिचालन समितिले हार्दिक धन्यवाद व्यक्त गरेको हो। समितिले जारी गरेको धन्यवाद ज्ञापनमा निरन्तर प्रयासका बाबजुद यस निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकिएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यता… पुरा पढौ

पूर्वी रुकुममा प्रचण्डको विजय

पूर्वी रुकुममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरसहित विजयी भएका छन्। प्रचण्डले कुल १० हजार २ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत मात्र पाए। त्यस्तै, नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत हासिल गरिन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापा ८ सय ९९ मतमै सीमित भए। यससँगै नेपाली कम्युनिस्ट पार्टीले पूर्वी रुकुममा आफ्नो खाता खोलेको छ। पुरा पढौ

बागलुङमा मतगणना शुरू

बागलुङ फागुन २२ फागुन २१ गतेभएकाे प्रतिनिसभाकाे निर्वाचनको लागि सदरमुकाम बागलुङमा मतपेटिका आएको लामाेसमयपछि मतगणना गर्ने राजनीति सहमति भएपछि मतगणना कार्य अगाडि बढेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा शुक्रबार दिउँसोदेखि मतगणना कार्य शुरू भएको हाे । क्षेत्र नम्बर १ बागलुङको मतगणना राजनीति पार्टीहरूले छुट्टाछुट्टै वडा अनुसार मतगणना गर्नुपर्ने अडान लिएको कारण मतगणना गर्न ढिलाइ भएको थियोे । बागलुङ क्षेत्र नम्बर २ काे मतगणना कार्यभने शुक्रबार बिहान १० बजेदेखि जारी रहेको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले बताउनुभयो । ९८ हजार… पुरा पढौ

बागलुङ-१ मा सर्वदलीय बैठक सम्पन्न, विहान ११ बजेदेखि मतगणना हुने

बागलुङ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले बागलुङ क्षेत्र नम्बर-१ मा विहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ । भर्खरै सर्वदलीय बैठक सक्यौं, विहान ११ बजेदेखि मतगणना सुरु हुन्छ मुख्य निर्वाचन अधिकृत सीता देवी शर्मा अधिकारीले जानकारी दिनुभयो । शर्मा अधिकारीका अनुसार मतगणना दुईवटा पालिकाकाे एक एक वडाको एकैठाउमा मिसाएर गणना हुने भएको छ । पुरा पढौ

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङ । बागलुङमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो। जिल्लामा ५०.१९ प्रतिशत मत खसेको छ। जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत नवराज बरालले जानकारी दिनुभयो। कुल मतदातामध्ये ५२ हजार ८८१ महिला, ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको बरालले बताउनुभयो। १० स्थानीय तह रहेको बागलुङमा हाल मतपेटिका संकलनको कार्य जारी रहेको छ। बागलुङ जिल्लामा… पुरा पढौ

बागलुङको अस्थायी केन्द्रमा मतदान सम्पन्नकारागारमा ९६.३६ प्रतिशत मत खस्यो

बागलुङ । बागलुङस्थित जिल्ला कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्ला कारागार बागलुङमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका छन्। यससँगै कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ। कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिहरूसँग छलफलपछि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ। बागलुङ जिल्लामा कुल २३० मतदान केन्द्र रहेका छन् भने एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन्। पुरा पढौ

बागलुङमा शान्तिपूर्ण रूपमा मतदान शुरू

बागलुङ फागुन २१ दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा प्रतिनिधि सभाकाे निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान कार्य शुरू भएको छ । बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुशील खड्का बागलुङ नगरपालिका वडा नम्बर ३ कालीका कन्या मन्दिर माध्यमिक बिद्यालयकाे मतदान केन्द्र बाट मतदान गरेका छन् । यस्तै एमाले उमेदवार हिरा बहादुर केसीले काठेखाेला ३  धम्जा केन्द्र बाट मतदान गरेका छन् । यस्तै क्षेत्र नम्बर २ नेपाली कम्युनिस्ट पार्टीका उमेदवार ज्ञामनाथ गैरेले गलकाेट ५… पुरा पढौ

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

बागलुङ, फागुन२० प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, बागलुङ अन्तर्गत बुढीगाउँस्थित श्री रमुवा आ.वि. मतदान केन्द्रका मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। निर्वाचन आयोग नेपाल, प्रतिनिधि सभा सदस्य उपनिर्वाचन २०८२ अन्तर्गत मुख्य निर्वाचन अधिकृतको कार्यालय, बागलुङले जारी गरेको पत्र अनुसार मतदान अधिकृत श्री प्रकाश गैरेलाई जिम्मेवारीबाट मुक्त गरिएको हो। कार्यालयका अनुसार मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गरिएको अभिव्यक्ति र गतिविधिका कारण निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको भन्दै उक्त निर्णय गरिएको जनाइएको छ। निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका,… पुरा पढौ

नर्थ अमेरिका स्तरिय क्षेत्रीय भेला एवं चैतेदशैं बनभोज

अन्तर्राष्ट्रिय बागलुङ समाज, बागलुङ समाज अमेरिका तथा बागलुङ समाज अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरले संयुक्त रूपमा आयोजना गर्न लागेको नर्थ अमेरिका स्तरिय क्षेत्रीय भेला २०२६ तथा नयाँ नेपाली वर्ष एवं चैतेदशैं कार्यक्रम आगामी २०२६ अप्रिल ४ र ५ मा अमेरिकाको नर्थ क्यारोलिनामा सम्पन्न हुने भएको छ। गत सेप्टेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय बागलुङ समाजको कार्यसमिति बैठकले विभिन्न क्षेत्रमा क्षेत्रीय भेला गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार, बाग्लुङ समाज अमेरिकाले फेब्रुअरी २१ मा बसेको बैठकमार्फत नर्थ क्यारोलिनामा क्षेत्रीय भेला तथा कार्यसमितिको भौतिक बैठक गर्ने निर्णय… पुरा पढौ