बागमती एरियाका लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्न

-


     हिडन खबर    
     असाेज १९ गते २०८३ मा प्रकाशित


ललितपुर, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियामा आबद्ध लायन्स क्लबहरूको District Governor’s Second Advisory Committee Meeting (दोस्रो जोन मिटिङ) ललितपुरको सानेपास्थित मानकामना निवासमा सम्पन्न भएको छ।

जोन चेयरपर्सन चन्दन सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा रिजन चेयरपर्सन प्रेमप्रसाद शर्मा पौडेल, क्लस्टर चिफ सुवर्ण कँडेल, चिफ एक्जिक्युटिभ सन्तोष सर्राफ, प्रो इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ, डीजी थिम चिफ श्रीकृष्ण मानन्धर तथा मिसन १.५ चिफ महाप्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो

बैठकमा आबद्ध लायन्स क्लबका अध्यक्षहरूले चालु कार्यकालमा क्लबले सञ्चालन गरेका सेवामूलक गतिविधि, उपलब्धि तथा प्रगति विवरण प्रस्तुत गरेका थिए। साथै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम, सदस्यता विस्तार, सामाजिक सेवा तथा नेतृत्व विकाससम्बन्धी भावी योजनाबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रममा लायन्सको मूल उद्देश्यअनुसार समुदाय केन्द्रित सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने, क्लबहरूबीच समन्वय बढाउने तथा डिस्ट्रिक्टका लक्ष्यहरू सफल बनाउन साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।