लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम

-


     राजेशचन्द्र राजभण्डारी     
     असाेज १८ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज १८ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन (इन्डक्सन एन्ड ज्वाइन्ट इन्स्टलेसन) कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ ।

सामाखुसीस्थित स्काइ रेस्ट्रो एण्ड बैंक्वेटमा भएको कार्यक्रममा नवगठित तथा नव–निर्वाचित क्लब पदाधिकारीहरूको पदस्थापन, नयाँ सदस्यहरूको अभिमुखीकरण तथा लायन्स सेवाका आगामी कार्यक्रमबारे छलफल गरिएकाे आयोजकले जनाएको छ।

कार्यक्रममा लायन्स वादकाे आन्दोलनमा उल्लेखनीय भुमिका खेलेर लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल लाई
संसारकै सबैभन्दा उत्कृष्ट डिस्ट्रिक्ट बनाउने भुमिका खेलेको भनेर लायन्स इन्टरनेशनल डिस्ट्रिक्टका पुर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकाेटी र लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीलाई दाेसल्ला र प्रमाणपत्र बाट
भब्य रूपमा सम्मान गरिएको थियोे ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट पुर्व डाइरेक्टर बालकृष्ण बुर्लाकाेटी ,लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारी फस्ट भाइस गभर्नर बिष्णुहरि फुयाल ,सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली सेक्रेटरी गणेश जिसी ट्रेजरर चुडामणिा सिलवाल चिफ एडभाइजर मीनराज काफ्ले ,पिआरआ‌ेइन चिफ सुरेन्द्र बाबू श्रेष्ठ लगायतका लायन्स लिडरहरूकाे बिशेश उपस्थितिमा पदस्थापन गरिएको थियो ।

कार्यक्रममा क्लस्टर चिफ सुभाष विक्रम राई तथा रिजन चेयरपर्सन सरस्वती त्रिपाठीको उपस्थितमा ‘Leading With Purpose’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपालका विभिन्न क्लबका पदाधिकारी, सदस्य तथा लायन्स अगुवाहरूको सहभागिता रहेकाे थियोे ।

लायन्स इन्टरनेशनलले मानव सेवा, वातावरण संरक्षण, दृष्टि संरक्षण, भोकमरी न्यूनीकरण तथा समुदाय विकासका क्षेत्रमा सेवा कार्यलाई निरन्तरता दिँदै आएको छ।

लायन्स क्लब अफ काठमाडौ जागृति लायन्स क्लब काठमाडौं बालाजी ,लायन्स क्लब अफ काठमाडौ रारा स्काई लायन्स क्लब अफ प्राेफेसनल ,लायन्स क्लब अफ काठमाडौं सिटिजन ग्रुप ,लायन्स क्लब अफ माता भुवनेश्वरी ,लायन्स क्लब अफ सदीक्षा ग्रुप लायन्स क्लव अफ सेवा मुलक ग्रुप ,लायन्स क्लब अफ काठमाडौं शुचि लायन्स क्लब अफ बेलकाेट गडि चिम्टेश्वर लायन्स क्लब अफ ठमेल इविजा र लायन्स क्लब अफ ठमेल गाउँबेसी काे संयुक्तरूपमा पदस्थापन गरिएको थियो ।