
बागलुङ, असोज १८ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जैमिनी नगरपालिका–१ कुस्मीसेरामा सम्पन्न वडा अधिवेशनबाट जीवन पौडेल वडा सभापतिमा निर्वाचित हुनुभएको छ।
अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरिएको छ। नवनिर्वाचित सभापति पौडेलले आफूलाई विश्वास गरी जिम्मेवारी दिने प्रतिनिधि, नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभएको छ।
वडा अधिवेशनले स्थानीय तहमा पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिका लागि नयाँ नेतृत्व चयन गरेको जनाएको छ।









