समाचार

घर दैलोमै वित्तीय सेवा पु¥यान सहकारीको महत्वपुर्ण भूमिका छ पौडेल

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेकमा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋृण लगेका केही व्यक्तिको अराजकताले अर्थ प्रणालीमा समस्या आएकोले जनताको रकम सुरक्षण गर्न राज्य अगाडि आउनु पर्ने बताउनु भएको छ । वित्तीय क्षेत्रबाट लगेको पैसा तिर्दिन भन्ने हल्लाको कारण नेपालका केही सहकारीमा समस्या आएकोले सहकारीहरुमा आम नागरिकको बचतको पैसा भएकोले छुट कसैलाई नहुने बताउनु भयो । संघीय सांसद तथा… पुरा पढौ

परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता

काठमाडौं ।पुस ८ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरु प्रस्तुत गरेको जानकारी दिनुभयो । मन्त्री डा राणा गत मङ्सिर २२ मा युरोपतर्फ लाग्नुभएको थियो । उहाँको यो भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण नेपाललाई परेको… पुरा पढौ

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड

काठमाडौं, ६ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभएको छ । गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण पक्ष भएको बताउनभयो । आज सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)को सन्दर्भमा चर्चा गर्दै उहाँले भन्नुभयो– ‘अहिले क्रिकेटमा देशभरि युवाहरुमा निकै ठूलो क्रेज छ । मैले आफ्नो तर्फबाट प्रधानमन्त्री… पुरा पढौ

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड

काठमाडौं, ६ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभएको छ । गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण पक्ष भएको बताउनभयो । आज सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)को सन्दर्भमा चर्चा गर्दै उहाँले भन्नुभयो– ‘अहिले क्रिकेटमा देशभरि युवाहरुमा निकै ठूलो क्रेज छ । मैले आफ्नो तर्फबाट प्रधानमन्त्री… पुरा पढौ

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै

पुस ८काठमाडौं ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुहुने भएको छ । उहाँ बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुग्नुभएको थियो । युरोपबाटै त्यहाँ पुग्नुभएका उहाँले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ आज साँझ स्वदेश फर्कंदै हुनुहुन्छ । स्वास्थ्य परीक्षणका लागि नै उहाँ नयाँ दिल्ली जानुभएकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम रहेको थिएन… पुरा पढौ

दयाहाङ राई अभिनित चलचित्र कार्साङ’ पुस २६ गते आउने

काठमाडौं । अभिनेता दयाहाङ राईलाई लाग्दै आएको आरोप हो, धेरै सिनेमा खेल्छन् । हरेक महिनाजसो उनका सिनेमा प्रदर्शनमा आउँछन् । दर्शकलाई उनका कुन सिनेमा हेरौँ कुन नहेरौँ हुन्छ । हरेक महिना मात्रै होइन एकै दिन दयाहाङ अभिनीत दुईवटा चलचित्र पनि रिलिज भए । त्यो पनि एक पटक होइन दुई÷दुई पटक । तर, यो पटक भने उनी निकै लामो समयपछि हलमा आउँदैछन् । ‘कार्साङ’मार्फत पुस २६ गते उनी हलमा आउँदा उनको अघिल्लो सिनेमा रिलिज भएको करिब ६ महिना हुनेछ । अर्थात् ६… पुरा पढौ

बागलुङको गलकोटमा एक पुरुषको शव फेला 

बागलुङ पुस ७ बागलुङको गलकोट नगरपालिका वडा नम्वर ९ को खारखोलामा एकजनाको शव फेला परेको छ ।  गलकोट नगरपालिका वडा नम्वर ११ मजुवा स्थायी घर भई हाल गलकोट नगरपालिका वडा नम्वर ९ खारखोला बस्दै आउनुभएका ३९ वर्षिय नविन बस्यालको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । बिहान साढे ६ बजेको समयमा शव फेला परेको जानकारी प्राप्त भएसँगै प्रहरी घटनास्थलमा पुगेको थियो । शवलाई अहिले पोष्टमार्टमको लागि गलकोट नगर अस्पताल लगिएको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

बागलुङ रेशमा आँखा शिविर सम्पन्न

बागलुङ/६ पुस, धौलागिरी अस्पताल र लायन्स क्लब अफ बाग्लुङ टाइगर टिमको आयोजन, बाग्लुङ उद्योग वाणिज्य  सङ्घको सहजीकरण र ७ नम्बर वडा कार्यालय रेशको समन्वयमा रेशमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ११० जना बिरामीको आँखा जाँच गरिएको धाैलागिरी अस्पतालमा कार्यरत आँखा राेग विशेषज्ञ डा. एलिना सापकाेटाले जानकारी दिएकी छिन । आँखामा माेतिविन्दु लगायतका विभिन्न समस्याहरू देखिएको र माेतिबिन्दुको अपरेसन लगायतको अन्य थप उपचारका लागि धौलागिरी अस्पतालमा व्यवस्थापन मिलाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए… पुरा पढौ

प्रत्यक्ष दृष्टि वचत तथा ऋण सहकारी संस्थाको १४ आ‌ैंसाधारणसभा सम्पन्न

काठमाडौ पुस ५ काठमाडौं ।प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बालाजु काे १४ आ‌ैं बार्षिक साधारणसभाकाठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्यायलेअहिले देशमा केही सहकारीकाे कारणले गर्दा हजारौं सहकारीले अहिले दुख पाइरहेको हुदा यसलाई सबैले चिरेर जानुपर्ने धारणा राखेका थिए ।सहकारीमा करोडौं रकम बचत गर्ने ठाउँ नभएर सानोतिनो छरिएका रकम बचत गर्ने भएको हुदा यसलाई सहकारीले यहीँ भावना अनुसार चल्नु पर्ने अध्यक्ष उपाध्यायले बताए । २०६७ साल पाैष २ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता… पुरा पढौ

नाटक ‘हरि हजुरबा’ मञ्चन हुने

काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । आजबाट सुरु हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन् । यो नाटक अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन हुन लागेको हो । उनी करिब १० वर्षपछि नाटकमा फर्किएका हुन् । द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय… पुरा पढौ