समाचार

घनश्याम कडेलकाे टिमुर बिमाेचन

काठमाडौं पुस १५ झण्डै साढे दुई दशक लामो अनुभव पश्चात घनश्याम कँडेलले द्वारा लिखित टिमुर नामक पुस्तकको आज राजधानीको पर्यटकीय केन्द्र ठमेलमा एक औपचारिक कार्यक्रमका बिच बिमोचन गरिएको छ । बिश्वभरी होटल रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने सबै सेभहरू र नवीनतम परिकारहरू बनाउन सिक्न चाहने सबैको लागि अति उपयोगी यस प्रकाशनको एक कार्यक्रम बिच अध्यागमन बिभागका प्रमुख गाेविन्द प्रसाद रिजालले टिमुर पुस्तककाे बिमाेचन गर्दै देशबाट बर्षैनी ३ लाख ६५ हजार भन्दा बढी नेपालीहरू राेजगारीकाे लागि बिदेशीने गरेको तथ्यांक प्रस्तुत गर्दै बिदेशीने… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक

काठमाडौं  । आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र 'एक्टर: टेक वन'का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए । एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ । विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले चलचित्रको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा… पुरा पढौ

तमु ल्होसारको अवसरमा अध्यक्ष प्रचण्डकाे शुभकामना

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष दाहालले तमु ल्हाेसारकाे अवसरमा शुभकामना सन्देश दिदै तमुहरूको प्राचीन वर्षगन्तीको पात्रोअनुसार ऋतु परिवर्तन (पुष १५) को आधारमा नयाँ वर्षको गणना गर्ने परम्परा रहेको बताउनुभएको छ । प्रकृतिमा पाइने १२ वटा जीवजन्तुहरूको नामको आधारमा १२ वर्षीय चक्रको गन्ती गर्ने परम्पराअनुसार यस वर्ष सप्रिल्हो (सर्प वर्ग) पर्न… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्ड महासचिव माेहन बैधकाे स्वास्थ अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पतालमा

काठमाडौ, १४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ।अध्यक्ष प्रचण्ड अहिले साझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उहाँको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए। सो क्रममा… पुरा पढौ

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

काठमाडौं ,पुस १४ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मन्त्री डा राणा आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । मन्त्री डा राणाले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र हुनुहुन्थ्यो भन्नुभएको छ । उक्त पुस्तिकामा मन्त्री डा… पुरा पढौ

प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गर्नुभएको छ । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा उहाँले सम्मान गर्नुभएको हो । शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय महासंघ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडरेसनसँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा रजत प्राप्त गर्ने रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले… पुरा पढौ

बागलुङमा श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पौष १४बागलुङमा श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा श्रमिक शिक्षा सम्बन्धी अभिमुखकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लिराम सुवेदीले देशको आर्थिक सुधारको लागि औद्योगिक क्षेत्रको नीतिगन सुधारको आवश्यकता रहेको बनाउनु भएको छ । अर्थतन्त्र सुधारको लागि नीतिमा व्यापक सुधारको प्रतिक्षा भैरहेको भन्दै नीतिगत सुधारले मात्रै नेपालको नीजि क्षेत्रकोले फड्को मार्ने धारणा राख्नु भयो ।नेपाली रोजगारीको लागि विदेश पलायन भैरहेको… पुरा पढौ

युनियन बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं व साधारणसभा सम्पन्न

बागलुङ , पौष १४ । युनियन बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दुर्गा कुँवरले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताउनुभयो। सहकारी अभियानले छरिएर रहेकाे पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । त्यस्तै पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले सहकारी संस्थालाई सही ढङ्गबाट सञ्चालन गर्न संचालक समिति र शेयर सदस्यको… पुरा पढौ

चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर एडी योडी र रेश्मा पुन मगरको छ । रिकेश गुरुङले एरेन्ज छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ । प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका… पुरा पढौ

पौष १५ देखी १७ सम्म पर्वतमा पर्यटन युवा सडक महोत्सव हुने

पर्वत पुस १३ अंग्रेजी नया वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५ गतेदेखि १७ गते सम्म पर्बतको कुश्मा बन्जी साइडमा पर्यटन युवा सडक महोत्सव आयोजना गरिएको छ । कुश्मा मा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वत शाखाले महोत्सवको तयारीको वारेमा जानकारी गराएको हो । अंग्रेजी नया वर्ष २०२५ र पुषे पन्ध्रको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकिय… पुरा पढौ