समाचार

पुर्व प्रधानमन्त्री केपी शर्मा पक्राउ

काठमाडौ चैत १४ पुर्व प्रधान केपी शर्मा आ‌ेली आज आफ्नो निवास बाट पक्राउ परेका छन् । आ‌ेलीलाइ पक्राउ गर्न बिहानै देखि नेपाल प्रहरीकाे टाेलीआ‌ेली निवास भक्तपुर गुन्दुमा पुगेको थियो । प्रहरी पक्राउ पुर्जी दिएर आ‌ेलीलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगेको जनाएको छ । देशमा नयाँ सरकार गठन भए लगत्तै भदौ २३ गते जेन्जी आन्दोलनमा दमन गरेर बिद्यार्थीकाे हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा आ‌ेलीलाई पक्राउ गर्न गाैरी बहादुर कार्की आयोगले प्रतिवेदन पेश गरेको थियो । पुरा पढौ

झापामा पहिलो पटक ‘आमा सेमिनार’ आयोजना हुँदै

झापा । मानवसेवा आश्रमले झापामा पहिलो पटक ‘आमा सेमिनार’ आयोजना गर्ने भएको छ। चैत १७ र १८ गते झापाका विभिन्न स्थानमा हुने सेमिनारबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरिएको हो। आश्रमले चैत १७ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म कन्काई नगरपालिका–३, सुरुङ्गास्थित कन्काई उद्योग वाणिज्य संघको सभाहलमा सेमिनार सञ्चालन गर्ने जनाएको छ। त्यसैगरी, चैत १८ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित मेची सामुदायिक हलमा विद्यार्थी लक्षित कार्यक्रम आयोजना गरिनेछ। सोही दिन बिहान ११ बजेदेखि १ बजेसम्म त्यही… पुरा पढौ

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू

काठमाडौं, चैत १२नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान दरमा मूल्यवृद्धि गरिएको जानकारी दिएको हो। बढेको मूल्य आजदेखि लागू भएको छ। पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। सोही कारण निगमलाई गत १५ दिनमा करिब ५ अर्ब रुपैयाँ घाटा भएको र आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने अनुमान गरिएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसारः पहिलो वर्ग (चारआली,… पुरा पढौ

बाग्लुङ क्षेत्र नं. २ का सांसद सोम शर्माको पहलमा बी एण्ड बी अस्पतालसँग स्वास्थ्य सम्झौता, स्थानीयलाई विशेष छुट

बाग्लुङ बाग्लुङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सोम शर्माको पहलमा ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालसँग स्वास्थ्य सेवासम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। “नयाँ सहकार्य, नयाँ आशा” भन्ने नारासहित गरिएको उक्त सम्झौताले क्षेत्र नं. २ का नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। सम्झौताअनुसार बाग्लुङ क्षेत्र नं. २ का बासिन्दाले बी एण्ड बी अस्पतालमा ओपीडी (OPD), आईपीडी (IPD) तथा फार्मेसी सेवामा विशेष छुट पाउनेछन्। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै गरिएको… पुरा पढौ

जापानमा दोस्रो चैत्राष्टमी (चैते दशैं) मेला सम्पन्न

जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको दोस्रो चैत्राष्टमी (चैते दशैं) मेला–२०२६ टोकियोमा सफलतापूर्वक सम्पन्न भएको छ। बागलुङ समाज जापानको मूल आयोजनामा दुई दिनसम्म चलेको मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको कार्यक्रमको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति परिचित गराउने उद्देश्यसहित मेला सम्पन्न गरिएको हो। मेलामा उल्लेखनीय संख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो। विभिन्न सांस्कृतिक कार्यक्रम,… पुरा पढौ

गायक सूर्य खड्का ‘बागलुङ रत्न’ पदवीबाट जापानमा सम्मानित

बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्ने, परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउने उद्देश्यसहित आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ मार्च २१ र २२ तारिखमा टोकियोस्थित मिता लाइनको ओनारिमोन स्टेशन नजिक रहेको शिबा पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा बागलुङको धम्जामा जन्मिएका तथा हाल जापानको टोकियोलाई कर्मथलो बनाउँदै आएका लोकप्रिय गायक सूर्य खड्कालाई ‘बागलुङ रत्न’ जस्तो गरिमामय पदवीबाट सम्मानित गरिएको छ। गायक खड्काले आफ्नो कला, गला… पुरा पढौ

जेष्ठ सदस्य केसीको राष्ट्रपतिभवनमा शपथ ग्रहण कार्यक्रम तय

काठमाडौँ — राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाका माननीय ज्येष्ठ सदस्य अर्जुननरसिंह के.सी. लाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ। रामचन्द्र पौडेल समक्ष हुने उक्त शपथ ग्रहण कार्यक्रमका लागि संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै उपस्थिति जनाउन अनुरोध गरिएको हो। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण कार्यक्रम चैत ११ गते बुधबार बिहान ११:१५ बजे राष्ट्रपति भवन शीतल निवास मा आयोजना हुनेछ।उक्त कार्यक्रमको जानकारी निमित्त सचिव रितेशकुमार शाक्य ले दिएका हुन्। पुरा पढौ

नेवा मिसा दबुको अध्यक्षमा अर्चना पालिखे

बागलुङ, ७ चैत – नेवारी समुदायका महिलाहरूको संगठन नेवा मिसा दबु बागलुङको नवौं साधारण सभा तथा तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले अर्चना पालिखेको अध्यक्षतामा नयाँ कार्यसमिति पनि सर्वसम्मत निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा तारामाया श्रेष्ठ, सचिवमा सोमिका राजभण्डारी, सहसचिवमा रमा श्रेष्ठ र कोषाध्यक्षमा सपना श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा सुनयना राजभण्डारी, प्रनोस्वरी श्रेष्ठ, निरञ्जन श्रेष्ठ, मुना शाक्य, दिव्यलक्ष्मी राजभण्डारी, नारायणदेवी राजभण्डारी, साधना राजभण्डारी र रेनुका राजभण्डारी रहेका छन्। कार्यक्रमको उद्घाटन गर्दै नेवा मिसा दबुको… पुरा पढौ

कांग्रेस सभापति गगन थापाको राजीनामा

काठमाडौँ — निर्वाचनमा अप्रत्याशित पराजयपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठक बस्ने मिति तय भएपछि उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। तर, पार्टीले राजीनामा सार्वजनिक गरेको छैन। ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उनको राजीनामाबारे औपचारिक छलफल हुने बताइएको छ। एक पदाधिकारीका अनुसार राजीनामा दिने निर्णय सभापतिको भए पनि स्वीकृति दिने/नदिने अधिकार कार्यसमितिकै हुनेछ। २७–३० पुसमा भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। त्यसको वैधानिकताबारे दायर रिट… पुरा पढौ

लेखनाथ उद्योग बाणिज्यसंघमा ३ महिने प्लम्बिङ तालिम

लेखनाथ, चैत्र ३ लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम सोमबारदेखि सुरु भएको छ। व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिम सञ्चालन गरिएको हो। उद्घाटन समारोहमा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले युवालाई स्वरोजगार, उद्यमशीलता र आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताइन्। उनले स्वदेशमै केही गर्न चाहने वा विदेश जाने इच्छुक युवाका लागि पनि यस किसिमका तालिम उपयोगी हुने उल्लेख गरिन्। पहिलो चरणको तालिम पूरा गरेका सहभागीलाई आवश्यक परे ‘एड्भान्स्ड’ तालिम दिने… पुरा पढौ