लोक तथा दोहोरी प्रतिष्ठानको प्रशासनिक उपमहासचिवमा जीवन दाहालको उम्मेदवारी

-


     हिडन खबर    
     असाेज २२ गते २०८३ मा प्रकाशित


काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन–२०८३ नजिकिँदै गर्दा जीवन दाहालले प्रशासनिक उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

लोक तथा दोहोरी क्षेत्रको संस्थागत विकास र संगठन सुदृढीकरणमा लामो समयदेखि सक्रिय दाहाल प्रतिष्ठानभित्र अनुभवी र स्थापित व्यक्तित्वका रूपमा परिचित छन्। उनले कास्की जिल्ला शाखाको संस्थापक उपाध्यक्ष, सचिव तथा अध्यक्ष, साविक गण्डकी अञ्चलको सचिव र अध्यक्ष, केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवलगायत विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

प्रतिष्ठानमा विभिन्न तहमा काम गर्दा हासिल गरेको अनुभवलाई संगठनको हितमा थप प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले आफू प्रशासनिक उपमहासचिव पदमा उम्मेदवार बनेको दाहालले बताएका छन्।

उनले प्रतिष्ठानलाई अझ सुदृढ, व्यवस्थित र भावी पुस्ताका लागि प्रेरणादायी संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, “म रहुँला या नरहूँला, तर मैले रोपेको प्रतिष्ठानको सपना र उज्यालो पुस्तौँसम्म जीवित रहिरहोस्।”

दाहालले लोक तथा दोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन तथा प्रतिष्ठानको संस्थागत विकासका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधि र सदस्यहरूसँग अमूल्य मत प्रदान गरी विजयी गराइदिन आग्रह गरेका छन्।