बागमती एरियाका चार लायन्स क्लबको संयुक्त बैठक सम्पन्न

-


     हिडन खबर    
     असाेज २२ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज २२ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियामा रहेका चार लायन्स क्लबको सहभागितामा डिस्ट्रिक्ट गभर्नरको दोस्रो एड्भाइजरी कमिटी बैठक सम्पन्न भएको छ।

काठमाडौंको बनस्थलीस्थित नमस्ते मिटिङ क्याफेमा आयोजित बैठकको आयोजना लायन्स क्लब अफ काठमाडौं फिनिक्सले गरेको थियो। बैठकमा लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमाल, काठमाडौं मनास्लु भिजन, काठमाडौं फिनिक्स तथा काठमाडौं लिडरसिपका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

क्लस्टर चिफ शाहदेव बस्नेत, रिजन चेयरपर्सन किरण थापा तथा जोन चेयरपर्सन नेत्रनाथ पोखरेलको समन्वयमा सम्पन्न बैठकमा क्लबहरूको सेवा गतिविधि, सदस्यता अभिवृद्धि, संगठन विस्तार, आगामी कार्यक्रम तथा डिस्ट्रिक्टका लक्ष्यहरूबारे छलफल गरिएको जनाइएको छ।

बैठकमा प्रमुख अतिथि लायन चुडामणि सिलवाल , बिशेष अतिथि मिसन 1.5 चिफ महाप्रसाद पान्डे लगाएत लायन लिडरहरूकाे बिशेश उपस्थिति रहेको थियो ।

लायन्सको अन्तर्राष्ट्रिय अभियान ‘Leading With Purpose’ तथा ‘Mission 1.5’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समुदायमुखी सेवा कार्यक्रमलाई थप सशक्त बनाउने विषयमा समेत बैठक केन्द्रित भएको थियो।

लायन्स क्लबहरूबीच आपसी सहकार्य, नेतृत्व विकास र सेवा परियोजनाको प्रभावकारिता बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। लायन्स क्लबहरूको नियमित समन्वय र समीक्षा बैठकले संगठनलाई थप गतिशील बनाउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।